विद्युत् चोरीविरुद्ध सरकार आक्रामक

0
Shares

काठमाडौं, (नेस)
विद्युत् चोरी रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसहित सरोकारवालाहरूको बैठकले मुलुकमा भइरहेको विद्युत् चुहावट रोकथाम गर्न कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको हो ।

विद्युत चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत् तथा प्रसारणलाइन आयोजनालगायतका विषयमा भएको छलफलमा गृह मन्त्री थापा, ऊर्जामन्त्री पुन, गृहसचिव प्रेमकुमार राई, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको उपस्थिति रहेको थियो ।

छलफलले विद्युत् चोरी नियन्त्रणलाई परिमाणमुखी बनाउन जिल्ला प्शासन कार्यालय तथा प्राधिकरण माताहतका कार्यालयले सक्रिय रुपमा काम गर्ने र चोरी भएको पाइए दुवै मन्त्रालयले कानुनअनुसार कडाभन्दा कारबाही गर्ने निर्णय भएको छ ।

छलफलमा जलविद्युत्को सुरक्षामा गृहले विशेष ध्यान दिने, सडकमा परेका विद्युत्का पोल कानुनअनुसार स्थानान्तरण एवम् व्यवस्थापन गर्ने लगायतका ५ बु“दे निर्णय भएको छ ।
चालू आर्थिक वर्ष २०७४÷७५ भित्र प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्ष २०७३÷७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।