पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

0
Shares

काठमाडौं, (नेस)
मुलुकको रोजगारी र राजस्व वृद्धिमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायमा महत्वपूर्ण योगदान रहेपनि यस सम्बन्धी समस्या समाधान गर्न राज्य उदासीन रहेको सम्बद्ध व्यवसायीले बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको बुधबार राजधानीमा आयोजित प्रथम महाधिवेशन तथा दोस्रो वार्षिक साधारण समाका सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले यस व्यवसायलाई प्रवद्र्धन गर्नुको साटो राज्यले अनेक बहानामा दुःख दिइरहेको बताए ।

महासंघका अध्यक्ष अरुणशंकर वैद्यले सामाजिक व्यवहार सुधार ऐन २०७४ ले उल्लेख भए बमोजिम विवाहको समयमा जन्ती तोक्नुले पार्टी प्यालेस र क्याटरिङ व्यवसाय धराशयी बनाउन खोजेको बताउ“दै सो ऐनको समयसापेक्ष र व्यवसायमैत्री हुने गरी संशोधन गर्नुपर्ने माग राख्नुभयो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले व्यवसायीहरुले उठाएको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभयो । मुलुकको विकासमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै गृहमन्त्री थापाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभयो ।