वित्त व्यवस्थापन विधेयक पारित

0
Shares

बुटवल, (नेस)
प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकले वित्त व्यवस्थापन विधेयक २०७५ सहितका २ वटा विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नु भएको प्रदेश वित्त व्यवस्थापन विधेयक २०७५ र प्रदेश नम्बर ५ प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७५ पारित गरेको हो ।

यसअघि नै सरकारले ल्याएको नीति कार्यक्रममाथि छलफल सकिएकाले निर्णयार्थ पेश गरिएको हो । बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत गरेको नीति कार्यक्रम पनि पारित गरेको छ । प्रदेशको बजेट असार १ गते प्रस्तुत गरिने भएको छ ।