सिटिजन्स बैंक र मेडिसिटीबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट कार्डवाहक ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउ“दा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट सेवा दि“दै आएको छ ।