स्मार्ट डोकोमा ‘समर डोको डिल्स’ अफर

0
Shares

काठमाडौं, (नेस)
स्मार्ट डोकोले गर्मी मौसमको अवसर पारेर इलेक्ट्रनिक्स, वल्र्ड कप जर्सी, सौन्दर्य सामग्री, घरेलु उपकरण, बच्चाको सामग्री छुटसहित ‘समर डोको डिल्स’ अफर ल्याएको छ ।

कम्पनीले आफ्ना तोकिएका उत्पादनमा ८२ प्रतिशतसम्म को छुट दिइ दिएको जनाएको छ । कम्पनीका अनुसार यो अभियान १२ जुनदेखि ६ जुलाई २०१८ सम्म लागू हुनेछ । स्मार्ट डोकोले रिङ रोडभित्र निःशुल्क डेलिभरी गर्छ । दिउ“सोको १ बजेभन्दा अगाडि अर्डर गरिएका सामान सोही दिन डेलिभरी हुनेछ भने भुक्तानी नगदलगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

समर डोको डिल्सले वल्र्ड कप जर्सी, टिभी तथा प्रोजेक्टरमा भारी छुट दि“दैछ । समर डोको डिल्समा सोनी, फिलिप्स, स्याम्सुङ, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन, टोनी मोली, लिवाइज, द बडी सपलगायतका ब्रान्ड रहेका छन् ।