चाईना साउर्दन एयरलाईन्स एशियामा एक नम्बर

0
Shares

सरोज यादव, विराटनगर ।

चाइना साउर्दन एयरलाइन्सले बजार प्रर्बधनात्मक कार्यक्रम गरेको छ ।

विराटनगरमा गरिएको कार्यक्रममा एयरलाईन्सका बजार प्रबन्धक कोबिन ल्यू ले एयरलाईन्सले प्रदान गर्दै आएको सेवा र कम्पनीसंग भएका विमानहरुको बिशेषताका बिषयमा सहभागिलाई जानकारी गराउनुभयो ।

एयरलाईन्सका नेपाल प्रबन्धक लिंकल्न ली ले चाईना साउर्दन एयरलाईन्स विमानसंख्याको हिसाबले एशियामा एक नम्बर र विश्वमा चौथो नम्बरमा रहेको बताउनुभयो ।

उहांले एयरलाईन्सले काठमाण्डौबाट चाईनाको गोन्जाउसम्म प्रतिदिन दुईटा उडान भर्नुका साथै कम्पनीसंग भएका सातसय ५० वटा विमानहरुबाट विश्वका एकहजार ६२ गणतब्यमा नियमित उडान भर्ने गरेको जानकारी दिनुभयो ।

एयरलाईन्सका डेप्युटी सेल्स म्यानेजर धिरज श्रेष्ठले सन २०१७ मा चाईना एयरलाईन्सले विश्वभरका एकसय २६ मिलियन यात्रीलाई आफ्नो गणतब्यसम्म पुर्याएको जानकारी दिनुभयो ।

नेपालबाट भने सो बिमानको प्रयोग गरेर अस्ट्रेलिया, अमेरिका, जापान र कोरिया आउजाउ गर्नेको संख्या उल्लेख्य रहेको उहांले बताउनुभयो ।