नरेन्द्र केसी, घोराही, दाङ । ट्राफिक प्रहरीले ५ नम्बर प्रदेशभित्र दुर्घटना न्यूनीकरण गर्न १४ बुँदे कार्ययोजना तयार पारेको छ ।
दाङको तुलसीपुरमा भएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि र सवारी दुर्घटना विषयक गोष्ठीबाट कार्ययोजना पारित गरिएको हो ।
५ नंंं. प्रदेशलाई ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा ७ वटै प्रदेश मध्य नमुना योग्य र उत्कृष्ठ बनाउन कार्ययोजना तयार पारेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अतिरिक्त महानिरक्षक (डीआइजी) शेरबहादुर बस्नेतले बताउनुभयो ।
‘बार्षिक रुपमा सवारी दुर्घटनाबाट सत्र सय जनाको मृत्यु र १२ बजार भन्दा बढी घाइते हुन्छन,’ प्रहरी अतिरिक्त महानिरीक्षक बस्नेतले भन्नुभयो– ‘अब हामी पाँच नम्बर प्रदेशलाई नमूना बनाउन लागेका छौ त्यसका लागि सबैको सहयोग आवश्यक छ ।’
कार्ययोजनामा ट्राफिक नियमलाई कार्यान्वयनमा जोड दिने, रिफ्रेस सेन्टरको स्थापना, ट्राफिक स्वयम सेवक निर्माण, घर–घरमा ट्राफिक प्रहरी उतपादन अभियान, ‘म’ जिम्मेवार सडक प्रयोग कर्ता, सवारी चेकजाँच, समय कार्ड लगाएतका बुँदाहरु समेटिएको छ ।
कार्ययोजनालाई प्रत्यक जिल्लाका जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयनमा जोड दिनेछन् । गोष्ठिमा १२ वटै जिल्लाका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।
बढ्दै दुर्घटना, तीन बर्षमा १५४९ को मृत्यु
पछिल्लो समय सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउनेको संख्या बढ्न थालेको तथ्याङक सार्वजनिक भएको छ । सम्मेलनमा ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले यस्तो तथ्याङक सार्वजनिक गरेको हो ।
कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले सार्वजनिक गरेको प्रतिवेदनमा तीन बर्षको अवधिमा एक हजार पाँच सय ४९ जनाले अकालमा ज्यान गुमाएका छन् । त्यसैगरी गम्भिर घाइते हुनेको संख्या दुई हजार एक सय ४३ पुगेको छ भने सामान्य घाईते एक हजार चार सय ९१ जना छन् । यो प्रदेशको १२ वटा जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक हो ।
आर्थिक बर्ष २०७२/२०७३ देखि आर्थिक वर्ष २०७४÷२०७५ को हाल सम्म दुई हजार दुई सय ९८ सवारी दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा भएको ७ सय ५० वटा सवारी, दुर्घटनामा ५ सय २८, आर्थिक बर्ष २०७३/०७४ मा भएका ८ सय १ सवारी दुर्घटनामा ५ सय ४२ र आर्थिक बर्ष २०७४/०७५ मा भएको ७ सय ४७ सवारी दुर्घटनामा ४ सय ७९ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटना वृद्धि हुनुमा चालकको लापर्वाही, कच्चि सडक, कम जनशक्ति, जनचेतनाकमी प्रमुख कारण रहेको क्षेत्रिय प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताउनुभो ।
नेपाल विद्यार्थी संघले गोङ्गबुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। कुन्दन काफ्ले नेतृत्वको नेविसंघ समूहले सरकारले मूल्य वृद्धि गरेको भन्दै गोगबु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।











प्रतिक्रिया