धुलिखेल अस्पतालमा स्लिप मेडिसिन ल्याब संचालनमा

0
Shares

नेपाल समाचारपत्र  । काभ्रे। धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालको नाक, कान, घाँटी विगागले सुत्दाखेरि घुर्ने रोगको उपचार बिधि शुरु गरेको छ ।

मानिसहरु सुतेका समयमा घुर्ने लक्षण देखिएकाहरुको वास्तविक रोगको पहिचान र उपचारका लागि चिकित्सा सेवाको आधुनिक प्रविधि स्लिप मेडिसिन ल्याबको स्थापना गरी सेवा शुरु गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नाका, कान, घाँटी विभागका डा.मोनिका पोखरेलले यस ल्याबमा आधुनिक जर्मनी मेसिन जडान गरिएको छ, जुन मेसिन मार्फत बिरामीलाई उक्त ल्याबमा एक रात सुताई, शरिरका सबै अँगहरको जाँच गरिन्छ भन्नुभयो । यसरी परिक्षण गर्दा सहज किसिमले रोगको पहिचान गर्न सकिने पनि उहाँले जानकारी गराउनुभयो । उहाँ थप्नुहुन्छ–मानिसमा सुतेको समयमा घुर्ने लक्षण नाक, कान, घाँटीमा, शारिरका अन्य अँगहरु सामान्य अवस्थामा नहुनु वा नसाँमा समस्याका कारण हुन् सक्छ ।

मानिसलाई सुतेको वखतमा घुर्ने समस्या/लक्षणका कारण सासै रोकिने, रक्तचाप, मधुमेह, पक्षघात, ह«द्यघात आदि रोगहरु लाग्न सक्ने जोखिम हुन्छ भने यस्तो घुर्ने समस्याले मानिसहरुमा डिप्रेसन, दिमागलाई एकिकृत गर्न नसक्नु तथा दुर्घटना समेत निम्त्याउन सक्छ ।

मानिसमा हुने यस्ता समस्याहरुको समय मै पहिचान गरि भविष्यमा हुन सक्ने शारिरिक जोखिमबाट बच्नको लागि यो प्रविधिको प्रयोग आजको आवश्यकता हो डा.पोखरेल भन्नुहुन्छ ।

यस्तो सेवा तथा प्रविधि नेपाल भित्र थोरै अस्पतालहरुमा मात्रै उपलब्ध रहेको र यो सेवा हाल धुलिखेल अस्पतामा मात्रै उपलब्ध रहेको छ । यो सेवा हाल धुलिखेल अस्पतामा तुलानात्मक रुपमा सर्वशुलभ शुल्कमा सेवा प्रदान हुदै आएको जानकारी गराउनुभयो ।