प्रदेश–३ नीति आयोग उपाध्यक्षमा डा. देवकोटा

0
Shares

हेटौंडा,(नेस)  । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोग उपाध्यक्षमा डा. खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेतलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार उक्त नियुक्त गरेको हो  ।

प्रदेश–३ को मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश जारी गरेको हो । विकास अर्थशास्त्रमा विद्यावारिधि देवकोटा वित्तीय संघीयता व्यवस्थापन विज्ञ मानिनुहुन्छ । डा. देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।

स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भएर कार्य गर्नुभएका डा. देवकोटा प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकार हुनुभएको थियो ।