महिला बढी स्वस्थ कि पुरुष ?

0
Shares

एजेन्सी । संसारभरि पुरुषभन्दा महिलाको आयु लामो भएको पाइन्छ । त्यसको अर्थ महिलाहरू बढी स्वस्थ हुन्छन् भन्ने हो त रु महिला र पुरुष दुवैको औसत आयु बढिराखेको छ । के वंशानुगत र सांस्कृतिक तत्वहरूले बुढ्यौलीबारे केही सङ्केत गर्छन् ?

के पुरुषभन्दा महिला बढि स्वस्थ हुन्छन् ? पक्कै पनि महिलाहरुको आयु लामो हुन्छ । संसारभरि नै औसतमा महिलाहरु बढि बाँच्छन् ।

के त्यसको अर्थ उनीहरु बढि स्वस्थ हुन्छन् भन्ने हो त ? महिला भन्दा पुरुषहरुमा मुटुको रोग र क्यान्सरका कारण मृत्यु हुने सम्भावना बढि हुन्छ । पुरुषहरु बढि धू्रमपान र मदिरा सेवन गर्छन् ।

अनि औषधि पनि बढि खान्छन् । उनीहरु बढि जोखिमपूर्ण काम गर्छन् र त्यस्तै गतिविधिमा संलग्न हुन्छन् । बिरामी हुँदा पनि पुरुषहरु आफ्नो स्वास्थ्यबारे खासै वास्ता राख्दैनन् ।

महिलाको तुलनामा उनीहरु चिकित्सक कहाँ कमै जान्छन् र उपचार पनि कम गराउँछन् । एस्ट्रोजन हर्मोनका कारण पनि महिलाको आयु बढि भएको हुनसक्छ ।

तर पुरुषमा हुने टेस्टोस्टरोन हर्मोनले भने आयु घटाउँछ । अर्को पुस्ताको हेरविचार गर्नको लागि महिलालाई प्रकृतिले नै दीर्घायु बनाइदिएजस्तो देखिन्छ ।

सन्तानको मात्र होइन नातीनातिनाको हेरविचार गर्न पनि त्यसो भएको हुनसक्छ । यहाँ पुरुष चाँहिदैन् भन्न खोजिएको होइन् । तर अर्को पुस्ताको हेरविचार र निरन्तरताका लागि महिलाहरु बढि आवश्यक भएका हुन् कि भन्न खोजिएको पक्कै हो ।

तर संसारभरी नै महिला र पुरुष दुवैको आयु बढ्दै छ । उनीहरुबीच भएको आयुको भिन्नता साँघुरिदैछ । लामो आयुसँग जोडिएका केही नकारात्मक पाटा चाखलाग्दा छन् ।

महिलामा बढि अपाङगता हुन्छ र अपाङगता हुँदा पनि उनीहरु पुरुषभन्दा बढि बाँच्छन् । लामो आयुका लागि हामीले केही मुल्य तिरेका हुन्छौं । त्यसैले आयु लामो हुँदैमा महिलाहरु बढि स्वस्थ हुन्छन् भन्ने छैन् ।