एफएनसीसीआई पुगेका अर्थमन्त्रीलाई उद्योगीहरुले घेरे

0
Shares

काठमाडौं । अर्थमन्त्री बनेपछि पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यालयमा पुगेका डा. युवराज खतिवडालाई व्यवसायीहरुले घेरेर कर बढाउने नीति लिएको भन्दै दुखेसो व्यक्त गरेका छन् ।

निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटपछिको अन्तरक्रिया कार्यक्रममा भाग लिन पुगेका अर्थमन्त्रीलाई उद्योगीहरुले सरकारले बजेटमा औद्योगिक प्रवद्र्धन भन्दा पनि कर बढाउने नीति लिएको भन्दै दुखेसो पोखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि उत्पादनलाई प्रोत्साहन गर्ने पक्षमा सरकार रहेको बताए । उनले जनताले तिरेको करको सदुपयोग गर्ने पनि बताए । ‘कर वृद्धि भएको भनेर गुनासा गर्नु पर्ने पर्ने ठाउँ छैन’ डा। खतिवडाले भने–‘कर बढ्यो भन्दा पनि आफूले तिरेको कर सदुपयोग भएको छ छैन भन्नेतर्फ ध्यान दिनु पर्छ ।’

कार्यक्रममा बोल्दै राजश्व सचिव शिशिर ढुंगानाले उद्योगी व्यवसायीहरुको समस्याहरु समाधान गर्न सरकार तत्पर रहेको बताए ।