यसरी हात मिलाए डोनाल्ड ट्रम्प र किम जोङले

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियालका राष्ट्रपति किम जोङ उनबीच सिंगापुरमा वार्ता सुरु भएको छ । सिंगापुरको सेन्तोसा द्वीपमा रहेको क्यापेल्ला होटलमा वार्ता सुरु भएको हो ।

सिंगापुरको समय अनुसार मंगलबार बिहान ९ बजे (नेपाली समय पौने ७ बजे) दुई राष्ट्रका प्रमुखबीच ऐतिहासिक वार्ता सुरु भएको हो ।

राष्ट्रपति ट्रम्प र किमले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा उठाउन चाहेको बताएका छन्।

‘हामी पुराना कुरा बिर्सेर सम्बन्धलाई नयाँ आधारमा उठाउन चाहन्छौँ’, राष्ट्रपति किमले पत्रकारसँग भने। प्रत्युत्तरमा राष्ट्रपति ट्रम्पले ‘द्याट्स् ट्रु’ (सही भन्नुभयो) भन्दै किमसँग हात मिलाएका थिए।
चीनको टेलिभिजन सीजीटीएनले वार्तालार्इ एेतिहासिक भन्दै प्रत्यक्ष प्रसारण गरिरहेको छ ।