नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आँफुलाई मन पर्ने पर्ने फलफूल लिची र एभोकाडो रहेको खुलासा गर्दै सिंहदरबार परिसरमै विरुवा रोपेका छन् ।

तस्विरः अनिल आङदेम्बे, काठमाडौँ ।
विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपेका हुन । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति देशलाई ।’

जमिन बाँझो नराख्ने र फलफूलमा आत्मनिर्भर बन्ने अभियानको थालनी गर्दै ओलीले हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताए । उनले यसबाट इकोसिस्टममा पनि सघाउ पुग्ने पनि थपे ।
यो अभियानका क्रममा एकै दिनमा एक लाख भन्दा बढी फलफूलका विरुवा रोपिएका छन् । देशभरका सैनिक ब्यारेकमा पनि फलफूलका विरुवा रोपिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।











प्रतिक्रिया