नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास आँकडामा नभएर नागरिकको जीवनमा देखिनुपर्ने र अब नेपाली जनता भोकै मर्नुनपर्ने बताएका छन्। साथसथै सम्बोधनकै क्रममा उनले हामी नेपालीहरु कुहिएका माछा आयात गरेर खान्छौँ र तीनै विदेशी सामान तथा उपभोग्य वस्तु आयात मात्रै गर्ने गरेका र्छौँ । यो हाम्रो दुर्भाग्यको कुरा भएको उनले बताएका छन् ।
प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओलीले अझै पनि कतिपय क्षेत्रमा बस्ने तथा खाने र बालबालिका स्कुल जाने अवस्था नहुनु दुखद् भएको बताए। उनले लोकतन्त्रमा राजनीतिक अधिकार मात्र नभएर नागरिकको अधिकारमा र उसको जीवनमा देखिनुपर्ने बताए। ओलीले भने, ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ ।
अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । तर, चुनौती पनि छ ।’
उनले भने, ‘समग्र राष्ट्रका उत्पादनका आँकडा देखाएर हामी माथि छौँ भनेर देखाउँदा दुनियाँले चित्त बुझाओस् हामी चित्त बुझाउने पक्षमा छैनौँ। हामीलाई त प्रत्येक परिवारले खाना पाएको होस्। बालबालिका स्कुल पढ्न पाएको होस्। हरेक नेपालीले औपधि उपचार गर्न पाएको होस्।’
उनले हरेक नेपाली अभधिकार सम्पन्न भएको हुनुपर्ने तथा उसका सबै अधिकार पाएको र उपभोग गरेको हुनुपर्नेब ताए। त्यस्तै सबैलाई अधिकार समान रुपमा पाएको हुनुपर्ने असमान अधिकार सैह्य नहुने बताए। उनले भने, ‘सैद्धान्तिक रुपमा अधिकार त दिइयो तर अवसर दिइएन भने उसको विकास हुन सक्दैन, उसले अधिकार प्रयोग गर्न सक्दैन।
अधिकार उपभोग गर्न सक्दैन भने उसलाई विशेष नीति बनाएर अधिकार उपभोग गर्ने बनाउनुपर्छ।’ ओलीले सबैलाई समान अधिकार दिन र विकासको मूल मार्गमा ल्याउनका लागि सबै भाषा, क्षेत्र तथा जातजातीका लागि आरक्षण र समानुपातिक व्यवस्था गरिएको बताए। उनले कुनै पनि नागरिकले अधिकार उपभोग गर्ने सामर्थ्य राख्दैन भने विशेष नीति तर्जुमा गरेर अगाडि बढ्ने नीति लिएको बताए।
साथै सम्बोधनकै क्रममा ओलीले अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने भन्दै त्यसो नहुने बताए ।
तराईंमा जाडो महिनामा पहिलको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी हुने बताए ।
सम्बोधनकै क्रममा उनले भने हामीसँग प्रसस्त सम्भावनाहरु छन् । हामीले प्रकृतीले दिएका पानी, जमीन, माटो, ढुङगाहरुको सहि सदुपयोग गरौ ।











प्रतिक्रिया