ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, ३ सय भन्दा बढि घाइते

0
Shares

काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको ज्यान गएको छ भने झण्डै ३ सय जना भन्दा बढि घाइते भएका छन् । ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको बिभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् । सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलार्इ सुरक्षित स्थानतर्फ सारिएको छ भने मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरिएको छ ।