नुवाकोट गोल्डकपः आज सशस्त्र प्रहरीको एपीएफ र पोखरा भिड्दै


नेपाल समाचारपत्र, नुवाकोट ।
नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप अन्र्तगत आजको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा ११ बीच द्रोस्रो क्वाटरफाइनल खेल हुँदै छ ।

नुवाकोट आर्दश बहुमुखि क्याम्पस बट्टारको खेल मैदानमा खेल दिउँसो ३ः३० बजे शुरु हुने खेलमा निकै प्रतिष्पर्धा हुने देखिएको छ । पोखराले काठण्माण्डौलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै क्वाटफाइनलमा प्रवेश गरेको हो भने शसस्त्रको एपीएफ क्लबले सिधै वाई पाएको थियो ।

यसअघि शािनबार घरेलु टोली नुवाकोटले फ्रेन्ड्स क्लब कुपण्डोललाई ५ शुन्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।