नेपाल समाचारपत्र, काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट नामक छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।
उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङले दिएको जानकारी अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।
यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वालेङ घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।
उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो ।
खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।











प्रतिक्रिया