प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०७५/०७६ को बजेटबारेको सैद्धान्तिक छलफल आइतबार प्रतिनिधिसभा बैठकमा समापन हुँदै छ । सांसदहरूले धारणा राखिसेकपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ।

छलफलमा भाग लिने सांसद् बाँकी रहेका कारण प्रतिनिधिसभामा वार्षिक बजेटबारे आज पनि धारणा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ। सांसदहरूले धारणा राखिसेकपछि अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ।

बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सैद्धान्तिक छलफल सकिने छ। सैद्धान्तिक छलफलपछि संसदमा फेरि मन्त्रालयगत रूपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुने छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नका जवाफ विभागीय मन्त्रीले दिइसकेपछि बजेट पारित प्रक्रिया अघि बढ्ने छ।

यस अवधिमा सांसद्लाई बजेटमा खर्च कटौती तथा अन्य संशोधन दर्ताका लागि समय दिइनेछ। बजेटका चार विधेयकमध्ये विनियोजन विधेयक असार मसान्तसम्म पारित भइसक्नु पर्नेछ।

अर्थमन्त्री खतिवडाले गत मंगलबार संघीय संसदमा १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका थिए।