पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको शाहीको पारिवारिक स्रोतले जनाएको छ ।श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री पनि भएका थिए ।

उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।