इटालीमा नयाँ पपुलिस्ट सरकार गठित राजनीतिक अनिश्चितता समाप्त

0
Shares

रोम,(एजेन्सी)
युरोपेली संघ ( ईयू ) को चौथो सबैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र इटालीमा महिनौ लामो राजनीतिक अस्थिरताको अन्त्य गर्दै शुक्रबार गठबन्धन सरकार बनाउने बोरमा सहमति भएकोे छ। प्रधानमन्त्री गिउसेप्पे कोन्टेले राष्ट्रपति सर्गियो मटारेल्ला समक्ष आफ्ना मन्त्रीहरूको नाम सूची प्रस्तुत गरेका छन्। उनले यसैसाता दोस्रोपटक सरकार गठन गर्नका लागि प्रयास गरेका हुन्।

नयाँ मन्त्रीमन्डलले हिजो नै शपथ ग्हण गर्ने पनि बताइएको छ। प्रधानमन्त्री कोनटेले फाइभ स्टार ( एम फाइभ एस ) र दक्षिणपन्थि लिग दुवैका सदस्यहरूबाट मन्त्रीका लागि छनौट गरेको सरकारी संचार माध्यमले जनाएको छ।

यसअघि प्रविधिविदहरूलाई समेटेर सरकार गठनका लागि भएको प्रयास असफल भएको थियो। राष्ट्रपति मटारेल्ला कोनटाको अर्थमन्त्री छनौट पैति असन्तुष्ट रहेपनि उनले विहिवार आफु समक्ष पेश गरिएको अन्य मन्त्रीहरूको नामसूचीप्रति सहमति जनाएका छन्।

कानुनका प्राध्यापक कोन्टेको नेतृतवमा रहेको नयाँ पपुलिस्ट सरकारको गठनसंगै राजनीतिक अस्थिरता समाप्त भएको छ। राष्ट्रपतिले आफ्नो विशेषाधिकार प्रयोग गरी अर्थमन्त्रीको छनोट गरेको हो। ती छनोट भएका अर्थमन्त्री गियोभान्नी ट्रिया इटालीको एकल मुद«ाको सदस्यता लिने निरन्तर अभियानका समर्थक रहेका छन।

तर पपुलिस्टहरूको इयूसंगको सम्पूर्ण विवाद समाप्त भएको छैन।
एमफाइभएस र लिग ईयूको सरकारी खर्च नीतिविपरीत नयाँ सहुलियत खर्च र कर कटौति गर्ने पक्षमा सहमत भएका छन्। साथै लिगका सदस्य मोत्तेयो साल्भिनी गृहमन्त्री बनाइएका छन्। उनले आप्रवास समबन्धमा नयाँ कडा नीति अवलम्वन गर्ने प्रतिवद्धता जनाएका छन्। यसले पनि युरोपमा ठूलै असन्तुष्टि जन्माउने निश्चित देखिन्छ।