काभ्रेमा बन्ने भए ठुला आयोजना



मोतीराम तिमल्सिना, काभ्रे ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटबाट जिल्लामा ठुला आयोजनाहरु निर्माण हुने भएका छन् । मसिंर २१ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्वर २ बाट उम्मेदवार रहेका हालका संचार तथा सूचना प्रविधि मन्त्रीले महत्वपूर्ण आयोजनाहरु मार्फत जिल्लालाई सम्वृद्ध बनाउने घोषणा गरेका थिए ।

घोषणा अनुसार प्रस्तुत बजेटमा जिल्लाका महत्वपूण क्षेत्रमा आयोजनाहरुमा रकम विनियोजन गराउन मन्त्री बास्कोटा सफल भएका छन् । बास्कोटाले बहुउद्देश्यीय इन्द्रावती परियोजना सञ्चालन गर्न (परियोजना मार्फत, कृषि, सिंचाई, विद्युत्त उत्पादन र जल पर्यटनको लाभ लिन पाउनेछन) सुनकोशी तेश्रो नामाकरण गरी ५० करोड रकम विनियोजन गराएका छन् । ५ सय ३६ मेगावाट विजुली तत्काल निस्कने र १ हजार मेगावटसम्म निकाल्न सकिने उक्त आयोजनाबाट लाखौ जनताले लाभ लिन सक्नेछन् । ताल ९ वर्ग किमीको हुनेछ । ताल निर्माण पछि सोहि स्थानमा रहेको बस्तिलाई पाँचखालमा स्थानान्तरण गरिनेछ । सोहि आयोजनाले जिल्लाको कायापलट हुनेछ । मन्त्री बास्कोटाले हरेक बस्तिमा सुनकोशीबाट जलउर्जा उत्पादन र जल पर्यटन उत्पादन गर्न इन्द्रावती र सुनकोशीको पाता फर्काउने प्रतिवद्धता ब्यक्त गरेका थिए । उक्त तालमा पानी जहाज जोडिनेछ ।

मन्त्री बास्कोटाले जिल्लाको अर्काे महत्वपूर्ण योजना बनेपाको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्ने निश्चित भएको छ । एमालेको पाँचौ जिल्ला अधिबेशनमा बास्कोटा अध्यक्ष हुँदा नागिडाँडामा विमानस्थल बनाउने प्रस्ताव गरिएको थियो । १६ वर्ष अघि बोकेको सपना बास्कोटाले आफु मन्त्री भएपछि पुरा गराउन बजेट समेत ब्यवस्थापन गरेका छन् । दोश्रो राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन प्रयासरत बास्कोटाले काभ्रेलाई लगानी र उत्पादनको केन्द्र बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

नागढुंगा–धुलिखेलसम्म मेट्रो रेल ल्याउन बजेट विनियोजन गरिएको छ । राज्य मन्त्री बास्कोटा लगानी बोर्डका सदस्य हुन् । उनकै पहलमा धुलिखेलसम्मको मेट्रो रेल आउन लागेको हो । मन्त्री बास्कोटा र उनको टिमले देखेको सपना अनुसारको बजेट र योजना समावेश भएको छ । काभ्रेको सम्वृद्धी र कायापलटमा बहुबर्षिय योजनाहरुको समयमै कार्यान्वयन पहिलो चुनौती हो । पहुँच नहुँदा बत्ति मुनीको अँध्यारो बनिरहेको काभ्रेपलाञ्चोक क्याविनेटमा सहभागिता सँगै विशेष आयोजनाहरु परेका हुन् ।

पाँचखाल नगरपालिकामा खानेपानी आयोजना र सेजको स्थापना गरी उत्पादन तथा लगानीको केन्द्र निर्माणमा जोड दिएका छन् । लामो समय देखि रोकिएको सेज निर्माणको काम बजेट मार्फत बास्कोटाले शुरुवात गराउने भएका छन् । पाँचखाल नगरपालिकालाई सम्वृद्ध बनाउन बृहत्त खानेपानी र औधोगिक क्षेत्र महत्वपूण आयोजना हुन् । खानेपानीको काम चालु वर्षबाटै शुरु भईसकेको छ ।

लाकुरीभञ्ज्याङ्ग, फुल्चोकी, नारायणस्थान, नमोबुद्ध, धुलिखेल, घ्याङ्गडाँडा महाभारत टे«ल (पर्यटकिय पदमार्ग) निर्माणका लागि बजेट विनियोजन भएको छ । बनेपाको चण्डेश्वरी मन्दिरका लागि ५० लाख रकम विनियोजन भएको छ । बनेपा–पनौती–धुलिखेल क्षेत्रको १६ किमी करिडोर निर्माणका लागि बजेट विनियोजन भएको छ । बनेपामा सिटीआई केन्द्र निर्माण गर्न बजेट विनियोजन भएको छ । खानी र पानी सँगै नराख्ने मन्त्री बास्कोटाको घोषणा पनि पुरा हुने भएको छ । बजेटले भुक्षय नियन्त्रणका लागि बजेट विनियोजन गरेको छ भने खानी र पानीको संरक्षणका लागि अलग्गै नीति लिएको छ ।

राज्यमन्त्री बास्कोटाले निर्वाचनमा ब्यक्त गरेका प्रतिवद्धता अनुसार सोहि शिषर्कबाट बजेट विनियोजन गरी काभ्रेका विभिन्न स्थानमा खेलकुद मैदान निर्माण गरिनेछ । शिक्षा तर्फ सूचना प्रविधिमैत्री शिक्षामार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ग्रामिण दुरसञ्चार कोषको रकम समेत उपयोग गरी सबै सामुदायिक विद्यालयमा उच्च गतिको निशुल्क इन्टरनेट सेवा उपलब्ध गराईनेछ । चालु वर्षमा चारवटा जिल्ला सिन्धुपाल्चोक, दोलखा, रसुवा र काभ्रेपलाञ्चोका सबै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराईनेछ । जिल्लाका ४५ वटा सामुदायिक विद्यालय, गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा उपलब्ध भईसकेको छ ।

तेमालमा अमिलो जातको फलफुल लगाउन प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना मार्फत विनियोजित रकमबाट योजना समावेश गरिएको छ । डाँडापारीको महाभारत र खानीखोलामा कफि, अलैची, आलु, कागतिको उन्नत विउ र विरुवाका लागि योजना समावेश गरिएको छ । अन्नबाली कम हुने क्षेत्रमा जहाँ पानी समेत उपलब्ध हुन कठिन छ सोहि क्षेत्रमा फलफुल पकेट क्षेत्र घोषणा गरी नर्सरीको स्थापना, विरुवा उत्पादन, विरुवा वितरण र प्रविधि हस्तान्तरण गर्न जिल्लाको डाँडापारी क्षेत्रलाई छनौट गरिएको छ ।

खानेपानी र सिंचाईको आवश्यकता पुरा गर्न तेमाल लगायतका स्थानमा पोखरी निर्माण गर्न, साँगा, जनागाल, मण्डन देउपुर, दाप्चा क्षेत्रमा खानेपानीका लागि बजेट विनियोजन गरिएको छ । भिमटार, मण्डन, पाँचखालमा सोलारबाट पानी तान्ने प्रविधि जडानका लागि रकम विनियोजन गरिएको छ । निर्वाचनमा बोलेका सबै प्रतिवद्धताहरु आगामी र चालु आर्थिक वर्षमै समावेश गरेका बास्कोटाले केहि योजनाहरु प्रदेश तहमा समेत समावेश गराएको श्रोतले बतायो । प्रधानमन्त्री केपी ओलीका निकट बास्कोटा मुख्यमन्त्री डोरमणी पौड्याल र प्रदेशका अर्थमन्त्री समेत बास्कोटा निकट मानिन्छन । पहुँच भएका बास्कोटाले जिल्लाका महत्वपूर्ण केहि योजनाहरु प्रदेश मार्फत समावेश गराएका छन् ।

बजेटमा प्रस्तुत भएका योजनाहरु समयमै कार्यान्वयन गराउन जिल्लाबासीहरुको सक्रियता आवश्यक छ । मन्त्री बास्कोटाले पटक पटक गरेका प्रतिवद्धताहरुलाई जनताकै बीचमा कार्यान्वयन गराउने सुनौलो अवसर प्राप्त गरेका बेला विनियोजन गरेका आयोजनाहरुले जिल्लाले खुशीको सुखी काभ्रेली र सम्वृद्ध काभ्रेको सपना साकार हुने विश्लेषकहरुले बताएका छन् । चालु वर्षमै नालाका दुईवटा सडकमा ८ करोड रकम विनियोजन भएको छ भने खोपासी बल्थली सडकका लागि ५० लाख रकम विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्