नेपाल–भारत उच्च स्तरीय बैठक सम्पन्न, बिग्रिएका सीमा स्तम्भ मर्मत गर्ने सहमति

0
Shares

 

पर्सा, । नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक आज सम्पन्न भयो ।

बैठकमा नेपालको बारा÷पर्सा र भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणको सीमा क्षेत्रलाई व्यवस्थित गर्न छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।

सीमाक्षेत्रलाई व्यवस्थित गर्न नेपाल–भारतबीच रहेको बिग्रिएका वा भत्किएका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण दुवै देशका प्राविधिकले उचित ठहर गरेको विधि र प्रक्रियाबाट गर्ने सहमति बैठकमा भएको उहाँले बताउनुभयो ।

बैठकले सीमक्षेत्रमा देखिएका विवादलाई दुईपक्षीय हितका आधारमा स्थानीयस्तरमै छलफलको माध्यमले समाधानको प्रयास गर्ने र हुन नसके दुवै देशका उच्च तहको छलफलबाटै निकास खोज्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

नेपाल–भारतबीच बाराको सिमानामा पर्ने साना, मझौला तथा ठूला गरी ६८५ सीमास्तम्भ छन् भने पर्सामा एक हजार ५८ सीमास्तम्भ छन् ।

नेपाल–भारतका प्राविधिकको सहमतिमा भएको सीमाक्षेत्र व्यवस्थापन तथा मर्मत सम्भार र पुनर्निर्माणको ६० प्रतिशत काम पूरा भएको बैठकमा जनाइएको थियो । बाँकी रहेका ४० प्रतिशत सीमास्तम्भलाई यसै मौसममा पूरा गर्ने तयारी दुवै पक्षका प्राविधिकको रहेको बैठकमा बताइएको छ ।

बैठकमा नेपालतर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुली, बाराका प्रमुख जिल्ला अधिकारी विजयनाथ मानन्धर, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराकी प्रहरी उपरीक्षक मीरा चौधरी, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुशीलप्रसाद पराजुली, बाराका सशस्त्र प्रहरी उपरीक्षक वेणुप्रसाद पाठक, बारा पर्साका नापी कार्यालय, पर्साका प्रविधिकको सहभागिता रहेको थियो ।

यसैगरी भारततर्फबाट पूर्वी चम्पारणका डिएम रमन कुमार, पश्चिमी चम्पारणका डिएम डा निलेश दौरेलगायत विभिन्न ओहदाका सुरक्षा अधिकारी तथा नापीका प्राविधिकको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
–––
नगर, । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म जारी रह्यो । उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ । मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि शुरु भएको हो । उनले बुधबार बयानका लागि उपस्थित भएपछि आपूm असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् । जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।
रासस