गोरे गौरीघाटबाटै पक्राउ परेको खुलासा, आजै जिल्ला अदालत मोरङमा पेश गरिने

0
Shares

काठमाडाै  ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडाैबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

समितिका अनुसार गोरेकाठमाडाै  आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडाै  गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो  ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा समिति संयोजक सहसचिव ईश्वर पोखरेलले उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गरिने जानकारी दिए ।

‘मुख्य अभियुक्त भएकाले उनलाई आजै अदालतमा पेश गर्छौं,’ संयोजक पौडेलले भने, ‘सुन तस्करी जेरीजस्तै जेलिएको छ । हामीले थप सूचना पनि पाएका छौं । त्यसको अनुसन्धान जारी राख्छौं ।’