चुडामणि उप्रेति ‘गोरे’ पक्राउ, आजै सार्वजनिक गर्ने तयारी

0
Shares

काठमाडौं । चर्चित साढे ३३ केजी सुन तथा सनम हत्या काण्डका मुख्य आरोपी चुडामणि उप्रेति गोरे पक्राउ परेका छन् ।

गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो। गोरेलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको स्रोतले बताएको छ ।

समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन। आजै गोरेलाई सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।

गोरे पक्राउ परेसँगै सुनकाण्डले नयाँ मोड लिएको छ। गोरेले प्रहरी अधिकारीहरुलाई पैसा दिएको डायरी मात्र भेटिएको थियो। अबको उनको बयानबाट धेरै कुराहरु प्रष्ट हुने छानबिन समितिका एक अधिकारीहरु बताउँछन्। उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।