काठमाडौं भन्नेबित्तिकै मुलुकको राजधानी, सुविधा सम्पन्न ठाउँ भन्ने परिकल्पना गरिन्छ। तर उपत्यकाबासी काठमाडौंलाई फरक रूपमा बुझ्छन्, धेरैको मानसपटलमा धुवाँ, धुलो, हिलो, मैलो, अस्तव्यस्त र अनगिन्ती समस्या चित्रण हुन्छ। यथार्थमा पनि यस्तैयस्तै नै हो, झुटो टिक्दैन, सत्य डग्दैन।
हरेक वर्ष कुरूपमाडौं बनिरहेको उपत्यकाको मुहार फेर्ने बहस नभएका होइनन्। योजना त कति हो कति, अनगिन्ती। सडक स्तरोन्नतिका कुरा त सामान्य। मेट्रो रेल, मोनो रेल, फ्लाई ओभर, केबलकारले एक अर्को गन्तव्य जोड्ने, चिरिच्याट्ट सडक… योजना भनिसाध्य छैनन्। हरेक नयाँ सरकारपछिका योजना सुन्दासुन्दा धरहरा पनि थाकिसक्या छ।
योजनाको चाङमा अब नयाँ कुरो थपिएको छ। निकै शक्तिशाली भनिएको कम्युनिस्ट पार्टीका अध्यक्ष कम्रेड ओलीले मुलुकलाई १० वर्षभित्रै स्वर्ग बनाउने रे। त्यसो भए नेपाली जनताचाहिँ स्वर्गबासी ? अनि माक्र्सवादले धर्मकर्मलाई कहाँ कसरी परिभाषित ग¥या रहेछ, कम्रेड अलि बुझ्न सकिएन। स्वर्ग, नर्कबारे चर्चा गर्ने पीएमलाई धरहराको सुझाव, नवगठित कम्युनिस्ट पार्टीका नाममा विवाद भइरहेका बेला पार्टीको नाम ‘सनातन कम्युनिस्ट पार्टी’ राख्ने कि ?
उहिले कांग्रेस सन्त नेता भट्टराईले काठमाडौंलाई सिंगापुर बनाउँछु भन्थे क्यार, काठमाडौं अहिले सिगानपुर बन्या छ। त्यसैले पीएमज्यू, मुलुकलाई स्वर्ग बनाउँछु भन्दै खोकेर भएन। आम सर्वसाधारणले सहजै गास, बास, कपास जोहो गर्न पाए पुग्छ है।
प्रतिक्रिया