बन्दै नयाँ पाठ्यक्रम


ईश्वरराज ढकाल

सरकारले कक्षा १ देखि कक्षा १२ सम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गरेको छ। यो प्रारूप शिक्षा मन्त्रालयले स्वीकृत गरेपछि लागू हुनेछ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले सबै सरोकारवालासँग छलफल गरी प्ररूप तयार गरेको जानकारी दिनुभयो। सो प्रारूपमा समावेश गरिएका मुख्य विषय निम्न छन् ः

राष्ट्रिय पाठ्यक्रम प्रारूप विकासको औचित्य
संवैधानिक व्यवस्था र मुलुकको संघीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रम सम्बद्ध गतिविधिलाई व्यवस्थित गर्न
प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मको शिक्षालाई विद्यालयीय शिक्षाको संरचनाअनुरूप पाठ्यक्रम विकास कार्यलाई दिशानिर्देश गर्न
पाठ्यक्रम विकास तथा कार्यान्वयनसँग सम्बन्धित सैद्धान्तिक र नीतिगत आधार तय गर्न
परिवर्तित सन्दर्भमा विद्यालय शिक्षाको शिक्षण सिकाइ मापदण्ड निर्दिष्ट गर्न
विद्यालय शिक्षामा प्रविधिमैत्री सिकाइलाई सुनिश्चित गर्ने आधारशीला खडा गर्न
विद्यार्थी मूल्यांकन, प्रमाणीकरण र समकक्षतासम्बन्धी कार्यलाई व्यवस्थित र
प्रभावकारी बनाउन
अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा तहगत एवं कक्षागत पाठ्यक्रम संरचनामा समसामयिक सुधार गर्न
समसामयिक परिवेश, समाजको माग, सिकारुको आवश्यकतालगायतका वस्तुनिष्ठ आधारमा पाठ्यक्रम विकास तथा सुधार गर्न
अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरिएका प्रतिबद्धता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न
ल राष्ट्रको दीर्घकालीन विकासको लक्ष्यअनुरूप विद्यालय शिक्षाको माध्यमबाट मुलुकको विकासमा स्तरोन्नति गर्न

आधारभूत शिक्षा (कक्षा १–८) का सक्षमता
राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना एवं लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारको विकास
भाषिक तथा सञ्चार सीपको विकास र व्यावहारिक, सिर्जनात्मक एवं सान्दर्भिक प्रयोग
सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग
तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सीप एवं अभिवृत्ति विकास र प्रयोग
वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवं बोध र व्यवहारिक जीवनमा प्रयोग।
मानव मूल्य र मान्यता एवं सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजग
जनसंख्या, वातावरण संरक्षण र दिगो विकासबीचको अन्तर सम्बन्धको बोध र व्यवस्थापनमा सहयोग
शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सीप (Life Skills) को विकास
स्थानीय र आधुनिक पेसा, व्यवसाय र प्रविधि र श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीप (Life Skills) को प्रयोग
नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन एवं सिर्जनशीलताको विकास र प्रयोग
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परचित भई विविधता, सद्भाव र सहअस्तित्व बोध तथा स्वीकार
दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याको पहिचान, विश्लेषण तथा समाधान

माध्यमिक शिक्षा (कक्षा ९–१२) का सक्षमता
मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रबद्र्धनका लागि सचेत नागरिकको जिम्मेवारी बहन
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह
दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिकरूपमा भाषिक सीपको प्रयोग
प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदानप्रदान
व्यक्तिगत विकास र आवश्यकताको
परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथा
स्वअध्यन एवं ज्ञान र सीपको खोजी गर्ने बानीको विकास
गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सीपको प्रयोग
व्यावहारिक गणितीय ज्ञान र सीपको
बोध र प्रयोग
व्यावहारिक वैज्ञानिक ज्ञान, तथ्य, सिद्धान्त र प्रविधिको समुचित प्रयोग
जीवन जगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सीप ९ीषभ कपष्ििक० को प्रयोग गर्दै समाज सापेक्ष व्यवहार
स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र सम्बद्र्धन तथा जनसंख्या व्यवस्थापनमा
सक्रिय सहभागिता
ल प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन
वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सीपहरू हासिल गरी आधुनिक प्रविधिहरूको दैनिक जीवनमा प्रयोग
श्रमप्रति सम्मान गर्दै कामको संसारको तयारी
प्राविधिक ज्ञान, सीप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग
उच्च तहमा अध्ययनको आधार विकास।

ऐच्छिक विषय छनोट सम्बन्धमा
ऐच्छिक विषयहको छनोट गर्दा दिइएका ऐच्छिक विषयमध्ये विषयको छनोट विद्यार्थीको रुचि, आवश्यकता, उपलब्ध शिक्षक तथा स्रोत र साधनको आधारमा स्थानीय तहको परामर्शमा विद्यालयले गर्नेछ।

१ ऐच्छिक विषय स्थानीय हुनेछ। यो प्राविधिक तथा व्यावसायिक प्रकृतिको विषय हुनेछ। यो विषय स्थानीय आवश्यकताका आधारमा सम्बन्धित स्थानीय सरकारले आफैं पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्न सक्नेछ। तर पाठ्यक्रम संरचनामा दिइएका ऐच्छिक स्थानीय विषयले स्थानीय आवश्यकताको प्रतिनिधित्व गर्ने भएमा सो विषय छनोेट गरी अध्ययन अध्यापन गराउन सकिनेछ। यी विषयको शिक्षक, पाठ्यसामग्रीलगायतका व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नेछ।

लघु अध्ययन÷व्यावहारिक अभ्यासका लागि विद्यार्थीले अध्ययन गर्ने ऐच्छिक विषयहरूमध्ये कुनै एउटा विषयमा आफूलाई रूचि भएको क्षेत्रमा कक्षा १२ मा १ पाठ्यघण्टाबराबरको लघु अध्ययन÷व्यावहारिक अभ्यास गर्नु पर्नेछ।
प्रदेश र स्थानीय तहले दिइएका ऐच्छिक विषयको पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूपद्वारा निर्दिष्ट ढाँचामा न्यूनतम पाठ्यघण्टामा नघट्ने गरी आवश्यकताअनुसार पाठ्यवस्तु थपघट गरी पठनपाठन गर्न सक्नेछ।
प्रदेश र स्थानीय तहले दिइएका ऐच्छिक विषयहरूबाहेक राष्ट्रिय पाठ्यक्रम प्रारूपद्वारा निर्दिष्ट ढाँचामा न्यूनतम पाठ्यघण्टा सुनिश्चित हुने गरी आवश्यकताअनुसार थप विषयका पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्न सक्नेछ।

पठनपाठनको समयावधि
प्रारम्भिक बालशिक्षाका लागि वार्षिक जम्मा ५ सय ७६ घन्टा दैनिक सीप सिकाइ क्रियाकलाप र विषयगत सीप सिकाइ क्रियाकलाप सञ्चालन हुनेछ। यसै गरी वार्षिक २ सय ८८ घन्टा मनोरञ्जन, बा≈य खेल र आराम गर्ने तथा खाजा खाने समय हुनेछ।

आधारभूत तहका लागि एक शैक्षिक वर्षमा कम्तीमा २ सय ५ दिन पठनपाठन सञ्चालन हुनेछ। कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघन्टा (क्रेडिट आवर) अर्थात् वार्षिक ८ सय ३२ कार्य घन्टाको पठनपाठन गर्नुपर्नेछ।

कक्षा ४ देखि १२ सम्म जम्मा ३२ पाठ्यघन्टा (क्रेडिट आवर) अर्थात् वार्षिक १ हजार २४ कार्य घन्टाको पठनपाठन गर्नुपर्नेछ। (पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घन्टाको समयावधिलाई १ पाठ्यघन्टा (क्रेडिट आवर) मानिनेछ। )

तोकिएको पाठ्यघन्टा (क्रेडिट आवर) नघट्ने गरी विद्यालयले विषयको आवश्यकताअनुसारको साप्ताहिक कार्य तालिकाको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्न सक्नेछ। प्रतिदिन प्रतिविषय १ घन्टाको १ पिरियड बनाउन सकिनेछ।
विद्यालय तहको पाठ्यक्रमसम्बन्धी नीति र पाठ्यक्रम संरचना
राष्ट्रिय पाठ्यक्रम प्रारूप र प्रस्तावित राष्ट्रिय योग्यता प्रारूपबीच सामञ्जस्यता कायम गरिनेछ।
आधारभूत तहको कक्षा ३ सम्म एकीकृत पाठ्यक्रम ढाँचा अवलम्बन गर्ने नीति लिइनेछ।
माध्यमिक तहको कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम विकास गर्ने नीति अवलम्बन गरिने छ।
विद्यालय शिक्षाको सबै तह र कक्षाको पाठ्यक्रम संरचना पाठ्यघन्टा क्रेडिट आवरमा आधारित हुनेछ र सोहीबमोजिम पठनपाठनको व्यवस्था मिलाइनेछ।
१ पाठ्यघन्टाबराबर ३२ कार्यघन्टा हुनेछ। कक्षा १ देखि ३ सम्मका प्रत्येक कक्षाका लागि वार्षिक २६ पाठ्यघन्टा र कक्षा ४ देखि १२ सम्मका लागि प्रत्येक कक्षाका लागि वार्षिक ३२ पाठ्यघन्टा हुनेछ।
यस प्रारूपमा निर्दिष्ट पाठ्यक्रममा संरचनाबमोजिम तयार गरिएको विषयगत सक्षमतालाई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ।
माध्यमिक तहको कक्षा ९ र १० मा ३ ऐच्छिक विषयमध्ये ४ पाठ्यघण्टाको एउटा प्रादेशिक÷स्थानीय विषय हुन सक्नेछ।
पाठ्यक्रम संरचनामा माध्यमिक तहका कक्षा ९ देखि १२ सम्म अनिवार्य र छनोटमा आधारित विषय हुनेछन्। छनोटमा आधारित विषयलाई उपल्लो तहको अध्ययन तथा रोजगारीको क्षेत्रमा दक्षता प्रदान गर्ने गरी समूहीकृत गरिनेछ।

संघीय संरचनामा संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रम सम्बद्ध अधिकार क्षेत्रको बाँडफाँड
राष्ट्रिय पाठ्यक्रम प्रारूप विकास, विषयगत पाठ्यक्रमको मापदण्ड विकास र मूल विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक विकाससम्बन्धी अधिकार संघीय सरकारमा निहित हुनेछ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपको मार्गदर्शन र विषयगत मापदण्डबमोजिम मूल विषयबाहेक प्रदेश सरकारले आफ्नो आवश्यकतामा आधारित पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गर्न सक्नेछ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपको मार्गदर्शनबमोजिम स्थानीय सरकारले स्थानीय आवश्यकताका आधारमा आधारभूत तहमा संरचनामा तोकेअनुसार र माध्यमिक तहमा एउटा स्थानीय इच्छाधिन प्राविधिक तथा व्यावसायिक विषयको स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गर्न सक्नेछ। स्थानीय सरकारले विद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री प्राप्तिको सुनिश्चितता गर्नेछ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपको मार्गदर्शनबमोजिम प्रदेश र स्थानीय सरकारले प्रादेशिक र स्थानीय पाठ्यक्रम प्रारूप तर्जुमा गरी कार्यान्वयन नगरेसम्मका लागि संघीय तहमा निर्धारित पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धित विद्यालयले विद्यार्थीको रूचि र आवश्यकताको रूपमा छनोट गर्नेछ।
आधारभूत तहको कक्षा ८ सम्मको पाठ्यक्रम संरचनामा समेटिएको मातृभाषा÷स्थानीय विषयको पाठ्यक्रम, पाठ्यपुस्तक एवं पाठ्यसामग्री विकास सम्बन्धित स्थानीय सरकारले गर्नेछ।
माध्यमिक तहको कक्षा ९ देखि १२ सम्म नै ऐच्छिक विषयमध्ये ४ पाठ्यघन्टाको एउटा स्थानीय प्राविधिक तथा व्यवसायिक प्रकृतिको विषय हुन सक्नेछ। सोका लागि आवश्यक पर्ने पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्रीलगायतको पठनपाठनको व्यवस्थापन सम्बन्धित प्रदेश÷स्थानीय सरकारले गर्नेछ।

विद्यालय तहको पाठ्यसामग्री र पठनपाठनको भाषा
विद्यालय शिक्षाको शिक्षण सिकाइमा विषय र माध्यम दुवैका लागि त्रैभाषिक (मातृभाषा, नेपाली, अंग्रेजी) नीति अवलम्बन गरिनेछ। भाषा विषय र पठनपाठनको माध्यम भाषाको सम्बन्धमा राष्ट्रि«य भाषा आयोगको सिफारिसलाई आधार मानी क्रमशः व्यवस्थापन गर्दै लगिनेछ।
मातृभाषामा सिक्न पाउने बालअधिकार सुनिश्चित गर्न प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म नै मातृभाषालाई विषय र सिकाइको माध्यमका रूपमा प्रयोग गर्न सकिनेछ।
विद्यालय तहमा भाषा विषयको पाठ्यसामग्री र पठनपाठन सम्बन्धित भाषामा नै हुनेछ।
सामाजिक अध्ययन, आचरण÷चारित्रिक र नेपाल अध्ययनजस्ता विषयमा रहने नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषामा मात्र हुनेछ। उक्त विषयवस्तुको पाठ्यसामग्री र पठनपाठनको माध्य समेत सबै राष्ट्र भाषामा आवश्यकताअनुसार विकास गर्दै लगिनेछ।
संस्कृत तथा परम्परागत धारतर्फका शास्त्रीय विषयको पाठ्यसामग्री र पठनपाठनको माध्यम सम्बन्धित भाषा हुनेछ। धार्मिक प्रकृतिका विषयको पठनपाठन सम्बन्धित धार्मिक ग्रन्थ लेखिएको भाषामा नै गर्न सकिनेछ।
अन्य विषयको पाठ्यसामग्री र पठनपाठनको माध्यम नेपाली वा अंग्रेजी वा दुवै भाषा हुन सक्नेछ।
गैरनेपाली नागरिकको हकमा नेपाली विषयको सट्टा अन्य कुनै भाषाको विषय अध्ययन गर्ने अवसर प्रदान गरिनेछ।
विदेशमा बसोवास गर्ने नेपाली मातृभाषी बालबालिकाका लागि उपयोगी हुने नेपाली भाषाका सिकाइ सामग्री विकास गर्दै लगिनेछ।
मातृभाषामा शिक्षा पाउने अवस्थाको सुनिश्चितताका लागि सम्बन्धित बालबालिकाका अभिभावक र विद्यालयको परामर्शमा स्थानीय सरकारले मातृभाषाको निर्धारण गर्नेछ।

पाठ्यपुस्तक तथा पाठ्यसामग्री विकास, उत्पादन तथा वितरण
विद्यालय शिक्षालाई व्यवस्थित गर्न पाठ्यपुस्तकको गुणस्तर सुधार गर्दै बहुरङका पाठ्यपुस्तकको उत्पादन विस्तार गरी विद्यार्थीमैत्री पाठ्यपुस्तक विकासमा जोड दिइनेछ।
विद्यार्र्थीको रूचि, क्षमता, सिकाइको गति, पाठ्यपुस्तकको सर्वसुलभतालाई समेत ध्यान दिई राष्ट्रिय पाठ्यक्रम प्रारूपको खाकाभित्र रही बहुपाठ्यपुस्तक विकास एवं प्रयोग गर्ने नीति अपनाइनेछ।
पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार राष्ट्रिय स्वरूपको नमुना पाठ्यपुस्तकको मुद्रणीय प्रति (Print Ready Copy- PRC) तयार पार्नेछ।
विद्यालय शिक्षाका पाठ्यपुस्तकहरूको छपाइ तथा वितरण कार्यलाई व्यवस्थित बनाउन जनक शिक्षा सामग्री लिमिटेडको कार्य प्रणालीलाई थप सुदृढीकरण गरिनेछ।
विद्यालय शिक्षाका पाठ्यपुस्तकको विकास, उत्पादन तथा वितरण कार्यलाई प्रभावकारी बनाउन खुला प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रको सहभागिता गराउने तथा नियमन गर्ने नीति अवलम्बन गरिनेछ।
बहुपाठ्यपुस्तकको स्तरीयता, गुणस्तर एवं सान्दर्भिकता पाठ्यक्रम विकास केन्द्रले परीक्षण गरी प्रयोगमा ल्याउन आवश्यक संरचनाको व्यवस्था मिलाउनेछ।
पाठ्यपुस्तकको गुणस्तर र स्तरीयताको परीक्षण बा≈य संस्थाबाट गर्ने व्यवस्था मिलाइनेछ।
स्थानीय सरकारको परामर्श र प्राविधिक र आर्थिक सहयोगमा विद्यालय स्वयंले मातृभाषा र स्थानीय विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास तथा कार्यान्वयन गर्नेछ।

शिक्षक व्यवस्थापन
विद्यालय शिक्षाको गुणस्तर प्रबद्र्धनका लागि शिक्षकलाई अध्यापन अनुमति पत्र र तालिम अनिवार्य हुनेछ।
विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विषयगत अध्यापन अनुमतिपत्रसहितको व्यवस्था गरी विद्यमान अध्यापन अनुमतिपत्रको व्यवस्थालाई थप सुदृढ गरी कार्यान्वयन गर्दै लगिनेछ। गुणस्तरीय शिक्षक तयारी तथा वितरणलाई व्यवस्थित गरिनेछ।
शिक्षकको पेसागत विकासलाई स्तरीय, प्रयोगमुखी, मूल्यमा आधारित, गुणमा आधारित, अन्तर विषय सम्बन्ध स्थापित हुने गरी एवं मागमा आधारित हुने गरी व्यवस्थित गरिनेछ।
विशिष्ट योग्यता प्राप्त गर्ने दक्ष जनशक्तिलाई शिक्षण पेसामा आकर्षण गर्न विशेष व्यवस्था गरिनेछ।

विद्यार्थी मूल्यांकन तथा प्रमाणीकरण
विद्यार्थीहरूको मूल्यांकन र प्रमाणीकरणका लागि विद्यालयस्तरीय परीक्षा र सार्वजनिक परीक्षा सञ्चालन गरिनेछ।
विद्यालयमा आधारित परीक्षाअन्तर्गतको कक्षा १ देखि ७ तथा कक्षा ९ र ११ को परीक्षाको सम्पूर्ण जिम्मा विद्यालयको हुनेछ। यसका लागि कक्षा ७ सम्म निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली अवलम्बन गरिनेछ।
कक्षा ८, १० र १२ मा क्रमशः स्थानीय, प्रदेश र संघीय सरकारद्वारा सार्वजनिक परीक्षा सञ्चालन गरिनेछ। कक्षा ८ को अन्तिम परीक्षा स्थानीय सरकारको शिक्षा एकाइले सञ्चालन गर्नेछ। कक्षा १० को अन्त्यमा सञ्चालन हुने परीक्षा प्रदेश परीक्षा बोर्ड÷समितिले सञ्चालन गर्नेछ। कक्षा १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ।
मूल्यांकन प्रणालीलाई वस्तुनिष्ठ, विश्वसनीय र भरपर्दो बनाउन र एकरूपता कायम गर्नको लागि स्थानीय, प्रदेशस्तरीय र राष्ट्रियस्तरीय सार्वजनिक परीक्षाको सबै विषयमा आन्तरिक र बा≈य मूल्यांकन पद्धति कार्यान्वयनमा ल्याइनेछ। सार्वजनिक परीक्षाको प्रत्येक विषयमा २५ प्रतिशत भारको आन्तरिक र ७५ प्रतिशत भारको बा≈य मूल्यांकन हुनेछ। आन्तरिक मूल्यांकन सम्बन्धित विद्यालयको विषय शिक्षकले गर्नेछ र यससम्बन्धी कार्यविधि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा स्वीकृत भएबमोजिम हुनेछ।
विद्यालय स्तरीय र बा≈य सार्वजनिक दुवै प्रकारका परीक्षा सञ्चालन गर्दा ३ वा सोभन्दा बढी पाठ्यघण्टा भएका विषयको पूर्णांक १०० र परीक्षा समय ३ घन्टा एवं २ वा सोभन्दा कम पाठ्यघन्टा भएका विषयको पूर्णांक ५० र परीक्षा समय १ घन्टा ३० मिनेट हुनेछ।
विद्यार्थीको नतिजा प्रमाणीकरणका लागि विद्यार्थीको ग्रेड सिट तयार गर्दा आन्तरिक र बा≈य मूल्यांकनलाई समेत समेट्ने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा स्वीकृत कार्यविधिअनुसार गरिनेछ।
विद्यालय शिक्षाको मूल्यांकनमा सैद्धान्तिक र प्रयोगात्मक दुवै पक्षलाई समावेश गरिनेछ। विषयको प्रकृति हेरी सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको भार निर्धारण गरिनेछ। सामान्यतया प्रयोगात्मक मूल्यांकनको भार २० प्रतिशतभन्दा कम र ६० प्रतिशतभन्दा बढी हुने छैन। सार्वजनिक परीक्षामा प्रयोगात्मक कार्यको भारलाई आन्तरिक मूल्यांकनमा समेटिनेछ। प्रयोगात्मक मूल्यांकनसम्बन्धी थप व्यवस्था विषयगत पाठ्यक्रममा गरिनेछ।
विद्यालय शिक्षाको सबै कक्षामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा स्वीकृत अक्षरांकन पद्धति कार्यान्यवयन कार्यविधिबमोजिम एकल विषय प्रमाणीकरणमा आधारित अक्षरांकन पद्धतिको कार्यान्वयन गरिनेछ। विद्यार्थीलाई आफूले चाहेको विषयमा ग्रेड स्तरोन्ततिको अवसर प्रदान गरिनेछ।
निरन्तर मूल्यांकन पद्धति र अक्षरांकन पद्धतिबीच तालमेल कायम गरिनेछ।

मेजर सिफ्टिङ:
समाजवादोन्मुख शिक्षा।
राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका एजेन्डा।
रोजगार तथा स्वरोजगारोन्मूख सीपमूलक शिक्षा।
कक्षा १ देखि ३ सम्म एकीकृत ९क्ष्लतभनचबतभम० पाठ्यक्रम।
कक्षा ९ देखि १२ सम्म एकलपथीय
पाठ्यक्रम।
संघ, प्रदेश र स्थानीय सरकारको पाठ्यक्रम सम्बद्ध कार्यक्षेत्र एवं जिम्मेवारी किटान।
रोजगारमूलक र स्वरोजगारमूलक प्राविधिक व्यावसायिक सीपको माध्यमिक तहको साधरण शिक्षामा समेत समायोजन।
पाठ्यक्रम संरचनामा पाठ्यघन्टा ९ ऋचभमष्त ज्यगच० का आधारमा प्रमुख सिकाइ क्षेत्र ९प्ीब्क० को व्यवस्थापन गरिएको।
नेपाली कला ,संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरूको पठनपाठन नेपाली र सबै राष्ट्रभाषामा मात्र हुनुपर्ने व्यवस्था गरिएको।
सार्वजनिक परीक्षा (कक्षा ८, १० र १२) को प्रत्येक विषयमा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत भारको बा≈य मूल्यांकनको
व्यवस्था गरिएको।
माध्यमिक तहका सबै धारका पाठ्यक्रममा कक्षा १२ को ऐच्छिक विषयमा १ पाठ्यघन्टाबराबरको लघु अध्ययन÷व्यावहारिक अभ्यास गर्नुपर्ने व्यवस्था राखिएको।
माध्यमिक तहमा (कक्षा ९ देखि १२) मा एकै पाठ्यक्रम संरचनाले सबैै धारलाई सम्बोधन गरेको, भविष्यमा संघीय कानुन बन्दा एउटै संरचनामा साधारण, प्राविधिक तथा व्यावसायिक, संस्कृत परम्परागत धारलाई एकीकृत गर्न सकिने गरी लचिलो बनाउने प्रयास गरिएको।