मानव तस्कर आरती गिरी प्रहरीको पन्जामा

0
Shares

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको २०७० असार ३ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार जरीवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार रहेकी महोत्तरी रामनगर बस्ने ३१ बर्षीया आरती गिरीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले आइतबार कमलपोखरी काठमाडौंबाट पक्राउ गरेको छ ।
गिरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
गिरीले वैदेशिक रोजगारीका लागि ६ महिना भित्र इजरायल पठाईदिन्छु भनी २०६८ मंसिर २८ गते जाहेरवालाहरु पदम सुन्दरी श्रेष्ठबाट ३ लाख ३० हजार र गिता श्रेष्ठबाट १ लाख ५५ हजार रुपैयाँ उठाई वैदेशिक रोजगारीमा नपठाई फरार भएकी थिइन् ।