सरकारले ग्रामीण पहुँचमा कार्यक्रम र प्रत्येक गाउँमा सडकको सञ्जाल, उत्पादन क्षेत्र निर्धारण, युवा लक्षित कार्यक्रम, अनुदान, प्रोत्साहन साथै प्रविधिमा सहयोग गर्न सकेमा देशले चाँडै नै कोल्टो फेर्नेछ र बजारलाई विश्वमाझ पु¥याउन पनि सकिन्छ। विश्वव्यापीकरणको सिद्धान्तअनुसार गाउँको महŒव दर्साउन, एक गाउँ एक उत्पादन र एक घर एक प्राविधिक कृषक अपनाउन सकिन्छ। गाउँको विकासमा गाउँलाई अगाडि सार्ने बजारलाई व्यवस्थित गर्ने र उत्पादित वस्तु विश्व बजारमा पु¥याउन सरकारले सहयोग गर्न सक्यो भने हाम्रो जीवनस्तर विश्वकै धनी राष्ट्रसँग दाँज्न सकिन्छ। विकसित राष्ट्रसामु हाम्रो देश पनि नजाला भन्न सकिँदैन।
आर्थिक समृद्धि हुनका लागि सोचको विकास हुनु जरुरी छ। भाषण, गफ गरेर मात्रै समृृद्धि हुँदैन भन्ने कुरा जनमानसमा थाहा हुनुपर्ने आजको मूल बिषय हो। विश्वका विकसित तथा अल्पविकसित देशहरू त्यसै विभाजन भएका होइनन्। विकसित मुलुकले आफ्नो प्रभुत्व जहिले पनि जमाइराख्ने र अल्पविकसित सधंै परनिर्भरतातर्फ गइरहने देखिन्छ। विश्व अर्थतन्त्रलाई हेर्ने हो भने एउटा प्रणालीमा नियम कानुनका साथ अगाडि बढेर आर्थिक विकास गर्न सफल भएका हुन्। जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारका आधारभूत आवश्यकतामाथि पहुँच हुनु नै आर्थिक समृद्धितर्फको फड्को हो।
– मनोज रिजाल, भक्तपुर
प्रतिक्रिया