असुरक्षित यौन सम्पर्कले ७ प्रतिशत महिलामा पाठेघर र स्तन क्यानसर



यमलाल भुसाल, बुटवल ।
कम उमेरमा बिबाह गर्नु , एक भन्दा बढी व्यक्ति संग असुरक्षित यौन सम्पर्क राख्र्नु ,धेरै बच्चा जन्माउनु , पटक पटक गर्भपतन गराउनु र यौन स्वास्थ्यमा ख्याल नगर्नाले महिलाहरुमा पछिल्लो समय पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या बढ्दै गएको एक कार्यक्रममा बताईएको छ ।

महिला मन्च नेपालको आयोजनामा बुटवल १२ मा महिलाको पाठेघर र स्तन क्यानसर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सहभागि स्वास्थ्य विज्ञहरुले पछिल्लो समय क्यानसरको रोगको स्थिती नेपालमा पनि भयाबह रुपमा फैलिएको भन्दै १७ प्रतिशत महिलामा पाठेघर र स्तन क्यानसर बाट पिडीत रहेको बताएका छन ।

परिवार नियोजन संघ बुटवलका स्वास्थ्य विज्ञ बिष्णु गुरुङले यस्ता खालका दिर्घकालिन रोगबाट बच्नका लागी चुरोट , खैनी बिडी तथा सुर्तीजन्य पदार्थको सेबन नगर्न ,गुप्ताङको बिशेष सरसफाई गर्न र अन्य खर्च कटाएर भएपनि आफ्नो स्वास्थ्यमा ख्याल गर्दै कम्तिमा पनि ६ महिनामा एक पटक पाठेघरको परिक्षण गर्नपनि महिलाहरुलाई सुझाब दिनुभएको छ ।

महिला मञ्च नेपालका अध्यक्ष मधुकला कुवरले महिला स्वास्थ्य रहन सक्यो भने परिवार स्वास्थ रहन सहयोग पुग्ने र वडाका महिलाहरुमा स्वाथ्य सचेतना बढाउनका लागीे अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा वडा नं १२ का २४ बटा टोल बिकास संस्थाबाट ३ जनाका दरले अन्य स्वास्थ्यमा चासो राख्ने महिला गरि करिबँ ८० जना महिलाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्