नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडा

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ ।

दुई पार्टीबीचको एकतापछि सम्पर्क कार्यालय पेरिसडाँडामा रहने सहमति भएको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । यसअघि दुई अध्यक्षबीच भएको सहमतिअनुसार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने‚ चुनाव चिन्ह सूर्य रहनेछ ।

मदननगर बल्खुमा रहेको नेकपा एमालेको पार्टी कार्यालय भूकम्पमा क्षति पुगेपछि धुम्बाराहीमा अस्थायी रुपमा राखिएको छ । त्यसैले अहिले पार्टीको सम्पर्क कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको स्रोतले जानकारी दियो ।