काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बन्ने एकीकृत कम्युनिष्ट पार्टीको पहिलो बैठक आज साँझ गोकर्ण रिसोर्टमा बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी एकता घोषणापछि नयाँ पार्टीको केन्द्रीय समिति बैठक गोकर्ण रिर्सोट बस्न तयारी भइरहेको जानकारी दिए ।
त्यसअघि गर्नुपर्ने बैठक लम्बिन सक्ने भएकाले एकीकृत पार्टीको बैठक साँझमात्र हुने श्रेष्ठले बताए । एमाले र माओवादी केन्द्रले आज पार्टी एकताको घोषणा गर्दैछन् ।











प्रतिक्रिया