उत्तर र दक्षिण कोरियाबीच पुन तनाव

0
Shares

सोल  । दुई कोरिया उत्तर र दक्षिणबीत वार्ता खल्बलिएको छ । उत्तरले अमेरिकासँग संयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर बिच्किएको हो । बुधबार हुने भनिएको उत्तर र दक्षिया कोरियाबीचको उच्चस्तरीय बैठक बस्न सकेन । दक्षिणले बैठक उत्तर कोरियाले एकतर्फी स्थगित गरेको जनाएको छ ।

बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको थियो । जहाँ उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित हुँदैथिए । उत्तरले पनि बैठक अकस्मात स्थगित भएको जनाएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको हो । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल हालै दक्षिण कोरिया पुगेको थियो । सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो ।

दक्षिण कोरियामा सो देश र अमेरिकाको सैनिक अभ्यास सुरु भएको थियो । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको थियो ।

सैनिक अभ्यासले दुई कोरियाबीच गत अप्रिल २७ को शान्ति सम्झौताको उल्लंघन गरेको भन्दै आगामी केही दिनमा यदि उक्त सैनिक अभ्यासको तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचक हुने भनिएको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

सोही बैठकको पूर्वसन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।
उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको थियो ।

मन्त्रीस्तरमा हुने बताइएको सो बैठकले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गर्ने बताइएको थियो । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउने समाचार आइसकेको थियो ।

उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने केही बताएको छैन । अमेरिकाको पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।