काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज विहानै नेकपा एमालेको पुरानो मुख्यालय पुगेर मदन भण्डारी र जीवराज आश्रितप्रति आफू र आफ्नो पार्टीको गर्व रहेको धारणा व्यक्त गरेका छन् । साथै उनले स्व. मदन भण्डारीप्रति आफ्नो उच्च सम्मान भएकै कारण मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको लागि प्रस्ताव गरेको बताएका छन् ।
जेठ ३ अर्थात दास ढुंगामा जीप दुर्घटनामा परी नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा नेता जीवराज आश्रितको २०५० सालमा निधन भएको स्मृति दिवसमा पुरानो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन भण्डारीको सम्मान स्वरुप पनि आजै पार्टी एकता गर्न लागेको जानकारी दिएका छन् ।
२५ औं मदन–आश्रित स्मृति दिवसका दिन एमालेले आयोजना गरेको कार्यक्रममा दुवै पार्टीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा केपी शर्मा ओली उपस्थित थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अवसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’ मदन आश्रित स्मृति दिवसमा पार्टी एकता हुने भएपछि माओवादी जबज पनि स्वीकार गरेको सन्देश प्रवाह हुन पुगेको छ ।











प्रतिक्रिया