काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः भोलि नै पार्टी एकताको घोषणा गर्ने भएका छन । भोलि जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । भोलि साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ ।
नेकपा एमालेका एक जनाले उपाध्यक्षले भने भोलि दिउँसोसम्म कुनै नाटकीय घटना भएन भने पार्टी एकता हुन्छ । उनका अनुसार विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ । तयारीका लागि आज अपरान्ह चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलयको बैठक बोलाएको छ ।











प्रतिक्रिया