प्रशान्त वली, काठमाडौँ । विप्लव निकट अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले महासचिव शाहीलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले बताएको छ । यस्तै त्रिचन्द्र क्याम्पसका अध्यक्ष रविन केसीलाई पनि प्रहरीले गिरफ्तार गरी भक्तपुर ठिमी हिरासतमा राखेको छ । अनावश्यक दुख दिने तरिकाले हिरासतमा राखिएको भन्दै अखिल क्रान्तिकारीले रिहाइको माग गरेको छ । प्रहरीले गैरकानुनी रुपमा १८ दिनसम्म बिनाकारण थुनेको भन्दै अन्य विद्यार्थी नेताहरू अनशनमा बसेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कलम बढुवाले जानकारी दिनुभएको छ











प्रतिक्रिया