यी हुन अन्तिम विश्वकप खेल्दै गरेका पाँच चर्चित फुटबलर


काठमाडौं। एकमहिना पछि विश्वकप फुटबल सुरु हुँदैछ । रसियामा हुने प्रतियोगिताको मिति जति छोटिँदो छ, त्यती नै यसको चर्चा बढ्दो छ । विश्वभरका फुटबलप्रेमीहरुले विश्कपलाई लिएर विभिन्न खालका अनुमान गर्न थालिसकेका छन् । फुटबल समर्थकका लागि विश्वकप एक माहान पर्व समेत हो ।

यसलाई भव्य बनाउन संसारभरका समर्थकहरु एककठ्ठा हुन्छन् रसिया विश्वकपमा केही युवा प्रतिभान खेलाडीहरुको उदय हुनेछ । तर, केही यस्ता चर्चित खेलाडी पनि छन्, जसका लागि रसिया विश्वकप अन्तिम हुनेछ । आफ्नो देशका रगत, पसिना बगाएका उनीहरुले यो विश्वकपबाट भने उनीहरुले जुत्ता थन्काउनेछन् ।

५. जलाल होसेनीनी–ईरान

३६ बर्षिय जलाल ईरानका भरपर्दा डिफेन्डर हुन् । उनी प्रशिक्षक कार्लोस क्विरोजका लागि महत्वपूर्ण खेलाडी हुन् । उनी अहिले फारसी गल्फ प्रो लिगको पेर्सेपोेलिस एफसीका कप्तान हुन् । उनले ईरानको राष्ट्रिय टोलीबाट ११४ क्याम खेलेका छन् । उनले दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् । उनले विश्वकप छनौटमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनलाई एशियाका उत्कृष्ट डिफेन्डरकारुपमा लिइन्छ । उनले ७९४ मिनेट खेल्दै एक गोल गरेका छन् । प्रशिक्षक क्विरोजले युवा डिफेन्डरका साथमा उनलाई पनि खेलाउँदै आएका छन् । यी अनुभवी डिफेन्डरका लागि रसिया विश्वकप अन्तिम हुनेछ ।

४. ब्रायन रुइज (कोस्टारिका)

ब्रायनले २०१४ को विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै फुटबलप्रमीहरुमाझ गहिरो छाप छोडेका थिए । ब्रायन, केलियर नाभार कम्पनीले उत्कृष्ट प्रर्दशनका कारण क्वाटरफाइनसम्म पुगेर कोस्टारिकाले संसारलाई अचम्ममा पारेको थियो । ३२ बर्षिय अट्याकिङ मिडफिल्डर ब्रायनलाई कोस्टारिकाका राष्ट्रिय हिरोकारुपमा चित्रण गरिन्छ । उनले रसिया विश्वकपमा समेत उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । उनी अहिले पोर्चुगिज क्लब स्पोटिङ लिस्बनबाट व्यवसायिक फुटबल खेल्छन् । उनका लागि रसिया विश्वकप सम्भतः अन्तिम हुनेछ । उनले आफ्नो अन्तिम विश्वकपमा उत्कृष्ट खेल पस्कने बताइन्छ ।

३. जाभियर मास्चेरानो (अर्जेन्टिना)

मास्चेरानो संसारभरका फुटबल प्रेमी माझ चर्चित छन् । ३३ बर्षिय मास्चेरानोले विश्वकपपछि बुट थन्काउने तयारी गरेको बताइन्छ । बार्सिलोनाका पूर्व डिफेन्डर मास्चेरानोले अर्टेन्टिनाका लागि १४२ खेल खेलेका छन् । उनले २००६ देखि तीन विश्वकप खेलिसकेका छन् । उनका लागि रसिया विश्वकप चौथो र अन्तिम हुनेछ । उनलाई विश्वका उत्कृष्ट डिफेन्डरहरुको सूचीमा राख्ने गरिन्छ । शान्त र उत्कृष्ट डिफेन्डिङ उनका विशेषता हुन् । उनी युवा अवस्थामा उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर थिए । पछि उनी सेन्टर व्याकको भूमिकामा देखिन थाले ।

२. एस्सम एल–हदरी (इजिप्ट)

इजिप्टले १९९० देखि पहिलोपटक विश्वकप खेल्न लागेको छ । विश्वकपमा छनौट हुन इजिप्टले गरेको संघर्ष प्रेरणादायी छ । त्यसमा अझ प्ररणादायी कोही छ, भने ती हुन्, गोलकिपर हदरी । उनको दृढता र उत्साह सबैका लागि प्रेरणदायक छ । ४५ बर्षका उनले पहिलो र अन्तिम विश्वकप खेल्दैछन् । उनले विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । उनले सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने गोलकिपरको रेकर्ड समेत बनाउनेछन् । यो रेकर्ड २०१४ मा ब्राजिलनमा भएको विश्वकपमा ४३ बर्षीय कोलम्बियाका गोलकिपर फारेड मोड्रेगनले राखेका थिए ।

१. एन्ड्रेस इनिएस्टा (स्पेन)

स्पेनका माहान खेलाडी एन्ड्रेस इनिएस्टाका लागि पनि यो विश्वकप सम्भवतः अन्तिम हुनेछ । बार्सिलोनाका कप्तान इनिएस्टा यस्ता खेलाडी हुन्, जसलाई प्रतिद्वन्दी र समर्थक दुवैले माया गर्छन् । विन्सेन्ट बोस्कको प्रक्षिणका क्रममा उनले २००८ मा युरोपियन च्याम्पिनसिप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जितेका छन् । उनले अतिरिक्त समयमा गरेको गोलका मद्तले नेदरल्याण्डलाई १–० ले हराउँदै २०१० मा स्पेनले विश्वकपको उपाधि जितेको थियो । उनले आफ्नो करियरमा सबैको मन जितेका छन् । यो विश्वकप नै उनका लागि सम्भवतः अन्तिम सबैभन्दा ठूलो अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ ।