हावाहुरीले छाना उडाउँदा डेढ सय परिवारको बिचल्ली

0
Shares

कञ्चनपुर । बैशाख ३० गते राती आएको आँधीहुरीले लालझडी गाउँपालिकाका करिब डेढ सय परिवारको घरको छाना उडाइदिएको छ भने हावाहुरीसँगै परेको पानीका कारण बन्दोबस्तीका समान र खाद्यान्न समेत नष्ट भएको छ ।

हावाहुरीले केहि विद्यालयको छानो उडाउँदा बिद्यार्थीहरुको पठनपाठनमा समस्या सृजना भएको छ । स्कुलको छानो नहुँदा विद्यार्थीहरु चौरमा पढन बाध्य छन् । इलाका प्रहरी कार्यालय शंकरपुरमा पनि हावाहुरीले छानो उडानका साथै बन्दोबस्तीका समान र खाद्यान्न नष्ट गरिदिएको छ ।

आँधीहुरीका कारण लालझाडी क्षेत्रबाट जिल्ला सदरमुकाम जोड्ने सबै बाटाघाटा समेत अबरुद्ध बनेका छन् । अधिकांश बाटाहरुमा हिलाम्य भएका कारण सवारी साधन चल्न नसक्ने अवस्थामा रहेका छन् भने ठाउँ–ठाउँमा रुखहरु ढलेका कारण बाटो अबरुद्ध बनेको छ । स्थानीय बासिन्दाहरुले आफनो घरबारीका साथै खाद्यान्न लुगाकपडा र बन्दोबस्तीका समान नष्ट भएका कारण आफुहरुलाइ राहत उपलब्ध गराउन र गासबासको सहज वातावरण उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।

जनताहरुको समस्यालाई मध्यनजर गर्दै राहात र गासबासको व्यवस्था मिलाउने र पीडितका समस्या छिटो सम्बोधन होस् भन्नका लागि प्रभावित क्षेत्रमा तुरुन्तै आवश्यक क्षतिपूर्तीको व्यवस्था गर्न गाउँपालिका लागि परेकोे छ ।

लालझाडी गाउँपालिका विगत देखि नै कहिले हात्ति आतंक, कहिले दोदाको कटानको समस्या त कहिले कटान डुबान र आँधीहुरीको बिपत्ति झेल्दै आएको छ ।