बझाङमा यार्सागुम्बा संकलन सुरु

0
Shares

ललित सिंह‚ बझाङ । बैशाख १६ गते यार्सा संकलनमा रोक लगाएको भए पनि फेरी बैशाखअन्तिममा यार्सा संकलन गर्न सुरु गरीएको छ । बैशाख १६ गते सुर्मा गाउँपालिकाको धनसेरी बन सुरक्षा समीतीले यार्सा गुम्वा संकलनमा रोक लगाएको थियो । यार्सागुम्बा संकलन गर्ने क्रम्ममा जिल्लाका दजनौ बिद्यालयहरु बन्द हुने गरेका छन् ।

यार्सा संकलन गर्दा सबै घरघरबाट सानो बच्चाँ देखि माथी सबै हिडडुल गर्न सक्ने सबै यार्सा संकलन गर्न जाँदा बिद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेका दौलीचौर मा बि का ब्यावस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।

उनले भने यो हाम्रो यार्सा टिप्ने समयमा ३ महिना सम्म बिद्यालय बन्द गनु पर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाहरुको बर्ष भरकिाे कमार्य भनेको ३ महिनाको यार्सागुम्बा संकलन मात्र हो । यो अबधिमा अन्य मान्छे भन्दा बिद्यालय उमेरका बालबालिका बढी पाउने भएकाले पहिले देखिनै यो बिद्यालय बन्द गर्ने प्रकृया यहाँको जनताको लागी एक गाएँको नियम जस्तै भैसकेको छ । बोहराले बताए ।

बैशाख १४ गते बसेको धनसेरी बन सुरक्षा समीतीको बैठेकले यस्तो निर्णय गरेको थियो । यार्सा संकलन गर्ने बन धनसेरीमा यार्सा नपाइए पछी बैशाख मसान्त सम्मका लागी यार्सा संकलनमा समितीले रोक लगाएको थियो । उक्त लगाईएको रोक आज बाट बन्द गरी यहाँका स्थानय बासीन्दाहरु फेरी पाका पन्तराहरु बोकेर यार्सा संकलन गर्न फेरी लेक तफर् लागेका छन् ।

बैशाख १६ गते दखि बैशाख मसान्त सम्म कोही कसैले यार्सा संकलन गरेको फेला परे एक लाख रुपैया जरीवाना गर्ने र संकलन गरीएको यार्सा समेत जफथ गरीने समीतीले निर्णय गरे पछी यार्सा संकलकहरु घर फिर्ता भएको धनेसरी बन सुरक्षा समीतीका कोषाध्याक्ष पे्रम बहादुर बोहराले बताउनु भयो ।

समीतीले यार्सा संकलन गर्न छुट दिए पछी स साना बालबालीकाहरु सहीत हिडडुल गर्न सक्ने सबै स्थानीय गाँउ नै खाली बनाएर यार्सा संकलन गर्न लेक तफर् लागेको उनको भनाई छ ।

यस क्षेत्रमा यार्सा संकलन गर्नका लागी सुर्मा गाँउपालीकाका साथै जिल्ला भरीका स्थानीय बासीन्दा यार्सा संकलन गर्न जाने गर्दछन् । यार्सा गुम्बा तथा अन्य जडीबुटी समीतीलेे संकलन गर्न भने पछी यार्सा संकलकहरु फेरी सह परिवार सहित लेक तफर् लागेका हुन् । यहाँका ग्रामीण बस्तीका स्थानीयहरुकै मुख्य आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमुल्य जडिबुटी र यार्सा गुम्बा नै हो । बिगतका दिनहरु भन्दा अहिले केहि कम मात्रामा पाईने भए पछि यहाँका स्थानीयहरु चिनचित भएका छन् ।

स्थानीय रमेश बोहराले भने बिगतका दिनमा एक सिजनको एकै परिवारले (३ महिनाको ) अबधिमा न्युनतम एक केजि देखि लिएर २ तिन केजी सम्म संकलन गदै आएका थियौ र सोहि यार्साकै कमाईबाट सदरमुखकाम चैनपुरमा पनि घर घडेरी बनाए । अब दिनानु दिन के भो यार्साको मात्रा एक दमै कम पाईने भए पछि बिगतका यार्सागुम्बा संकलन गरेका दिनहरु एक सपना जस्ते भएका छन् । यस क्षेत्रका हामीसबै स्थानयिहरुको मुख्य आम्दानीको स्रोत भनेको यार्सागुम्बा‚जडिबुटि‚ र भेडापालन हो ।

बिगतका दिनहरुमा यार्सागुम्बा प्रस्सत मात्रामा पाईने भए पछि खन्य भेडापालन ब्याबसायी हटाएर एकै जडिबुटी यार्सागुम्बाको भरमा बस्यौ तर अहिले एक दमै कम मात्रामा र यसको बिक्री मुलय पनि पहिलेको भन्दा कम पाईने भए पछि हिमी यार्सागुम्बाकै भरमा जिबिको चलाउने जनताहरु साहै मारमा परेका साईपाल गाउँपालिकाका स्थानीय बासि राम बहादुर बोहराले बताए ।

उनले भने बर्ष भरीको एकै सिजनमा पहिले ‚पहिले कमाई गर्ने ठाउँमा अहिले त यार्सागुम्बाकम मात्रामा र मुल्य कम पाउदाँ खेरि आकाश बाटै पताल झरेको महशुस भएको बताए ।

यार्सागुम्बाको पहिले पहिले सहि उत्खन्न गर्ने तरिका नअप्नाएर र यार्सागुम्बा संकलकले जथाभाबी ‚ बनमा आजनी गरेकै कारणले यो बहुमुल्य जडिबुटी याँर्सा गुम्बाको संकलनमा कमी आउको जानकारहरु बताउन्छन् । यार्सागुम्बा संकलन गर्न जिल्ल्ाा का बिभिन्न ठाउँबाट संकलन गर्न जाने गदैछन् । र यो यार्सा गसम्बा संकलन समय भित्र सुर्मा गाउपालिका‚तल्कोट गाउँपालिका‚साईपाल गाउँपालिका र बुंङ्गल नगरपालिकाका अधिकांश बिद्यालयहरु ३ महिनाको लागी बन्द अवश्थामा रहेका छन् ।