कक्षा ११ का १६ परिक्षार्थीलाई रामेछापको रणजोर खोलाले बगायो

0
Shares

काठमाडौं । आइतबार रातीदेखि भएको भारी बर्षाका कारण रामेछापको रणजोर खोलाले बिधार्थीलाई बगाएको छ । कक्षा ११ को परिक्षा दिन हिडेका १६ जना बिधाथीलाई खोलाले बगाएको हो ।

खोलामा पानीको वहाव बढेसँगै आएको बाढीले बगाएका १६ जना मध्ये १५ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

ती मध्ये ३ घाइते जनाको अवस्था गम्भीर रहेको छ । भने एक जना अझै वेपत्ता रहेको प्रहरी निरिक्षक थापाको भनाइ छ । घाइते हुनेमा बर्ष १७ की मनिषा पाण्डे, सोही उमेरकी जानुका बुढाथोकी र बर्ष १८ की निशा शाह रहेकी छन् ।

वेपत्ता भएकी बर्ष १७ की उस्मा फुयाँलको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । उनीहरु कक्षा ११ को परिक्षा दिन मन्थली उमावी भदौरे जाँदैगर्दा बाटोमा पर्ने रणजोर खोलाले बगाएको हो ।