प्रथम बज्रबाराही इन्डो–नेपाल मुवाँथाई प्रतियोगिता हुँदै


नेपाल समाचारपत्र, ललितपुर ।
जिल्लाको चापागाउँस्थित बज्रबाराहीमा प्रथम बज्रबाराही इन्डो–नेपाल मुवाँथाई प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भोलि शुक्रबारदेखि शनिबारसम्म दुईदिन चल्ने आयोजकले जनाएको छ ।

आयोजक बज्रबाराही मुवाँथाई क्लबका प्रशिक्षक अनिल श्रेष्ठले प्रतियोगितामा नेपाल लगायत भारतका खेलाडीहरुले भाग लिने बताउनुभयो । खेलमा भारतबाट ५० जना र नेपाल सहित गरी १ सय ५० जना खेलाडी दुई दिनसम्म चल्ने उक्त खेलमा उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगितामा पुरुष र महिला खेलाडीले विभिन्न तौल समूह र खुला समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । आयोजकले पुरुष खेलाडीका लागि २५ केजी देखि ७० केजीसम्म ९ वटा तौल र एक खुला समूह निर्धारण गरेको छ भने महिला खेलाडीका लागि ४५ केजी, ५५ केजी र खुला समूहमा प्रतिस्पर्धा गर्न तोकिएको छ ।

विशेषगरी थाईल्याण्डबाट सुरु भएको यस खेल विश्वभर रुचाईएको खेल मध्यमा पर्दछ । पछिल्लो पटक नेपालमा पनि बेला बेला यस्तै प्रतियोगिताहरु हुने गरेको छ ।