कान तानेर डाक्टरले बिरामीलाई भनेः सार्वजनिक मुद्धा लगाइदेउ

0
Shares

ललित सिंह, बझाङ्ग ।
उपचारको लागी जिल्ला अस्पताल सिमखेतमा पुगेका एक बिरामीलाई उपचार गनुको साँट्टो डाक्टरले कान समात्यर सार्वजनिक मुद्घा लगाई दिने भन्दै हप्काए र बिरामी कक्ष बाट बाहिर पठाएका छन ।

पेट दुख्ने बिरामको उपचार गराउन गएकी जय पृथ्बी नगरपालीका ११ डाँडा गाउँकी ४० बर्षिया खिन्तुरी रोकाया र उनका श्रीमान मंगल रोकायालाई उपचार गर्नुको साँट्टो जिल्ला अस्पताल सिमखेतका डाक्टर सुस्मीत शर्माले खाउला झै गदै हप्काएर कान समात्दै समार्वजनिक मुद्घा लगाई दिने धमकी दिदै उपचार कक्ष बाट साुमहिक रुपमा बाहिर पठाएका हुन ।हातमा सुजन भएको थियो डिउटीमा भएकी नर्सहरुलाई तपाईहरु मेरो हात दुखाउनु हुन्छ ४ पाँच नि भयो म लाई ठिक पनि भएको छैन तपाईहरु सुनज भएको हातमा दुखाई मात्र गराउनु हुन्छ केहि नजाने जस्तो भनेर बिरामी खिन्तुरी रोकायाले भनिन् ।

श्रीमतिको पटे दुखेर कराई रहेकी थिए । निजि मेडिकलको बिश्वास नलागेर जिप ७ सयमा रिर्जव गरेर उपचार गराउन जिल्ला अस्पताल सिमखेत लगे नर्सहरुले पेट कम दुख्ने औषधि खुवाए सुई लगाई दिएका थिए । डाक्टर आए पछि राम्रो चेक जाँच गर्ला सोचेको थिए । मलाई पनि ज्वरो आएको थियो । उपचार गराउनुको साँट्टो डाक्टर सापले बिरामीको कुरुवा कोहो भनेर सोधे म हो डाक्टर साप भनेर दुबै हात जोडेर जाँदा मेरो कान समात्यर सार्वजनीक मुद्घा लगाई दिने भन्दै हप्काए बाहिर पठाई दिएको मंगल रोकायाले बताए ।

उनले भने उपचार पाउनुको साँट्टो हप्काई पाए केहि नबोलेर बाहिरदा समेत पुलिसले पनि कुरा न बुझेर मलाई नै हकारे । यस अघि धनगढि र नेपालगंञ्जका अस्पतालमा चेक गराउदा पित थैलीमा पानी जमेर बढेको भनेका थिए । बिरामीको उपचार गर्ने बसेको डाक्टर बाट यस्तो ब्यबहार हुन्छ भने मैले सोचेको पनि थिएन । पैसाको जोड जाम नभए सम्म बिरामीलाई निजि मेडिकलमा उपचार गराउने र पैसा जम्मा गरे पछि उपचारको लागी नेपालगञ्ज लैजाने सोच बनाएको छु ।

बाबुको खुट्टामा मासु पलाएको थियो हिडन नसक्ने भए पछि उपचारको लागी जिल्ला अस्पताल सिमखेत ल्याए डाँक्टरले बिरामीको उपचार राम्रो गर्छ भन्ने लागेको थियो डाक्टरले बाबुको उपचार गरि दिनुको साँट्टो आफै उपचार गर भनेर आफुलाई हप्काउदै बिरामीलाई एक शब्द समेत नसोधेर बाहिरीएको केदारस्यु गाउँपालीका ६ का वडा अध्यक्ष करसिङ्गे धामीले बताए ।

उनले भने अस्पतालमा पुरै प्रहरी सेनाको जस्तो डाक्टर सुस्मीत र्शमाको निदेशन हुदो रहे छ । बिरामीको उपचार हैन बिरामी माथि शासन गरिन्छ जिल्ला अस्पताल सिमखेतमा डाक्टरको हर्कत देखेर बाबुलाई अस्पतालमा भर्ना नगरि धनगढि तर्फ महंगो उचार गर्ने बाध्य भएको छु । बिरामीका भगवन हुनु पर्ने हो । शासक पो हुदा रहेछन ।

अस्पतालमा दैनिक ग्याष्टिक,भाईरल ज्वरो,झाडापखाला, ज्वरो,रुघाखोकी, पेदुख्ने, लगाएतका बिभिन्न खालका बिरामी उपचार गराउनको लागी आउने गरेका छन बिरामीको सेवा गर्ने हाम्रो प्रमुख दाईत्व भएको निमिति प्रमुख डाक्टर अनुप रेग्मीले बताए ।

उनले भने बिरामीको उपचार गरि रहेको डाक्टरलाई अस्पतालमा मदिरा सेवन गरि आएका बिरामीका कुरुवाले नराम्रो बोल्ने हल्ला गर्ने अनाआवशय नेता वाट फोन गर्न लगाउने गरेका हुन्छ । राती डिउटिमा बस्ता निन्द्रा पुरा हुदैन । कुनै बेला कसै संग केहि भएको भए आफुले सम्झाउने छु । डाक्टरले कसै संग नराम्रो ब्यबहार गरे छ भन्ने बिश्वास लाग्दैन ।यी सबै आरोप मात्र हुन ।

जिल्लाको एक मात्र १५ शैयाको अस्पताल सिमखेतमा दुई जना डाक्टरको दरबन्दि भए पनि अहिले ४ जना काम गरि रहेका छन ।समाचार संकलनमा गएका पत्रकारलाई समेत डाक्टरले फोट नखिच्न र समचार नलेखन आदेश गरेका थिए ।