नक्कली पेस्तोल देखाएर लाखौं रुपैयाँ असुल्ने ‘टोले गुन्डा’ गुरुङ पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नक्कली पेस्तोल देखाई पैसा असुली गर्ने एक जना टोले गुन्डालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरी प्रहरी बृत महाराजगञ्जको टोलीले सोमबार काठमाडौँ स्थित गणेशस्थानबाट तारकेश्वर नगरपालिका बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको हो
। पक्राउ परेका गुरुङले विगत केहि महिनादेखि नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, सामाखुसी, बसुन्धारा क्षेत्रका सर्वसाधारण, व्यापारी तथा होटेल व्यवसायीहरूबाट पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले एक थान नक्कली पेस्तोलसमेत बरामद गरेको छ।