नेविसंघमा विवादित दुबै पक्षलाई संयुक्त रुपमा कार्यक्रम गर्न देउवाको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेविसंघमा विवादित दुवै पक्षलाई संयुक्त रूपमा कार्यक्रम गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्देशन दिएका छन्।

बिपी संग्रहालय सुन्दरीजलमा बिहान ८ बजे बोलाइएको दुवै समुहको कार्यक्रम अझैसम्म पनि हुन सकेको छैन। दुई समुहको विवाद मिलाउन संघका सभापति नैन सिंह महर र महामन्त्री कुन्दन काफ्लेलाई वार्ताका लागि सभापतिले आफ्नो निवासमा बोलाएका थिए ।

सह महामन्त्री डा. प्रकाश शरण महत लगायत पनि उपस्थित बैठकमा देउवाले कार्यक्रमहरुमा मिलेर संयुक्त रूपमा गर्न निर्देशन दिएका हुन्।

विवाद मिलाउन बोलाइएको बैठकमा देउवाले नेविसंघको निर्देशक समितिलाई सक्रिय बनाउने आश्वासन दिएका थिए । तर, विद्यार्थी नेताहरुले भने संयुक्त रूपमा कार्यक्रम गर्न नसकिने बताएका छन् ।
बिहानदेखि कार्यक्रमममा उपस्थित विद्यार्थीहरुमा कार्यक्रम हुन्छ या हुँदैन भन्ने अन्योल्ता थपिएको छ ।