दीपशिखाले किन गरिन कपाल मुण्डन ?

0
Shares

काठमाडौ । फिल्म ‘प्रेमलीला’ को छायांकन भइरहेको छ । केही दिन अगाडि ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत पोखरामा खिचिएको छ । उक्त गीत प्रेमलिलामा समावेश रहेको छ । कथामा राख्नै पर्ने भएकाले फिल्ममा यो गीत राखिएको निर्माण टिमले जनाएको छ ।

यसैबीच नायिका तथा निर्मात्री दीपशिखाले आफ्नो कपाल मुण्डन गरेकी छिन् । तर कपाल मुण्डन गर्नुको रहस्य भने खुलेको छैन ।

‘प्रेमलीला’ लाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन ।
पवन गौतमको छायांकन रहेको यसमा महेश खड्का, नबिन कार्की र रविराज शाहको संगीत छ ।दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाहको उक्त फिल्ममा लिड रोल छ ।