स्वास्थ्य व्यवसायी संघमा पुनः मर्हजन


ललितपुर, (नेस)
आधुनिक औषधि तथा स्वास्थ्य व्यवसायी संघ ललितपुरको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले इन्द्रवीर महर्जनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।

आगामी २ वर्षका लागि महर्जनलाई अध्यक्षमा चयन गरिएको हो। अधिवेशनले पवित्रराज वैद्य, मनोज अमात्य, धु्रवनारायण श्रेष्ठ, नरहरि महत, राजु पन्थी र सजन श्रेष्ठलाई पनि चयन गरेको छ।

निर्वाचन अधिकृतसमेत रहनुभएका संघका कानुनी सल्लाहकार अधिवक्ता अर्तीनाथ बोकीका अनुसार निर्वाचित समितिको आगामी बैठकले निर्वाचित ६ सदस्यमध्येबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गर्नेछ।

कार्यसमितिमा महिला सदस्य विद्या श्रेष्ठ र सम्राटमान जोशीलाई मनोनित गरिएको छ। यसअघि संघको अधिवेशन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो।
सो अवसरमा अध्यक्ष इन्द्रवीर महर्जनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका स्वास्थ्यकर्मीआबद्ध यस संघले व्यवसायमुखीभन्दा सेवाको भाव बढी बोकेको बताउनुभयो।

डा. बद्रीशक्ति मास्केले संघको स्थापना पेशाकर्मीको सेवा प्रवाहमा एकरूपताका लागि भएको स्मरण गर्दै अधिकतम सदस्य स्वस्थ्यकर्मी रहनु यस संघको विशेषता रहेको धारणा राख्नुभयो। संघका सदस्य अजय प्रधान,
सचिव राजु पन्थी, मनोज अमात्यलगायतले बोल्नुभएको थियो।