आजको राशिफल

0
Shares

वि.स.२०७५ साल वैशाख २४ गते । सोमबार । ईश्वी सन् २०१८ मे ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि सप्तमी २६ घडी ५१ पला,बेलुकी ४ बजेर ०७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र श्रवण,अहोरात्र । योग शुभ १५ घडि १९ पला,बिहान ११ बजेर ३० मिनेट उप्रान्त शुक्ल । करण बव,बेलुकी ४ बजेर ७ मिनेट उप्रान्त वालव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि मकर । अष्टमी व्रत। किरातहरूको समाज सुधार दिवस ।

काठमाडौंमा सूर्योदय ५ बजेर २२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नै मेहनेतले राम्रा तथा परिणाम मुखि कामहरु गर्न सकिनेछ । समयको भरपुर सदुपयोग गरि नोकरि तथा व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । आउने अवसरहरुको प्रयोग गरि दिगो फाईदा हुने कामहरु गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुन सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का सँग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ ।

शुभ अंक — १,२ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ । समयले साथ दिने हुदा व्यापार व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था मजभुत हुनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिए अनुशार नतिजा ननिस्कने हुँनाले मन खिन्न हुनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । खर्चको तुलनामा आम्दानि बढिनै हुदा आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्णयहरु आफ्नै पक्षमा फैसला गराउँन सकिनेछ । पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा चुनौतिहरुको सामना गर्न जोस जागर बढेर आउँनेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अन्य क्षेत्र मध्ययम रहेपनि बौद्धिक क्रियाकलाप तथा प्राज्ञिक क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन हुनेछ । अध्ययनमा अलि बढि समय दिन सके उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै एक अर्कामा मन जित्न सकिनेछ । सन्तान तथा छोरा छोरीको काम देखेर मन प्रशन्न हुनेछ । खानपानमा भने ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ । लेखन कलाको माध्यमबाट नाम कमाउन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा अरुलाई गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,४ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारमा लामो समय लेखि भेटघाट भएका मानिससँग भेट्न पाउँदा आत्मिय भाव बढ्नेछ भने रमाईलो बाताबरणमा दिन कटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ । आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु रिनो गर्न सकिने हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नया नया कामको प्रश्ताब आउनेछ भने पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुने हुनाले थप लगानि गर्ने आट आउँनेछ । अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाम मुखि कामहरु गर्न सकिनेछ ।

शुभ अंक — २,४ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नालो दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ अंक — ३,५ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

शुभ अंक — ४,६ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।