बाढीले बगाउँदा ९ को मृत्यु


ललित सिंह, बझाङ
अविरल वर्षाका कारण बझाङमा ९ जनाको ज्यान गएको छ। शनिबार राति परेको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का हर्क विक, उनकी श्रीमती डल्ली भनिने देवकी विक, उनकै छोरी मनिशा विक, छोरा सक्षम विक र मृतक हर्क विककी भाउजु कलसी विक रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
ढोड्यखेतबाट घर फर्कने क्रममा गाउँनजिकै रहेकोे डिक्लीगाड खोलाले बगाउँदा उनीहरूको मृत्यु भएको हो।
शनिबार राति करिब ८ बजेतिर परेको अविरल वर्षाका कारण खहरे खोला आई उनीहरूलाई बगाएको थियो।

त्यसै गरी अविरल वर्षाका कारण जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने जयपृथ्वी नगरपालिका–७ मा खहरे खोलाले से१ज ८२० नम्बरको जिप बगाउँदा ३ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–२ का ओम भनिने सुरज वन, कञ्चनपुर महाकाली नगरपालिका–१ का रमेश चन्द र केदार स्युँ गाउँपालिका–१ बस्ने आँशु भनिने अशोक ओडको मृत्यु भएको थियो।