ब्लोदानको टोली स्वदेश फिर्ता


नेपाल समाचारपत्र
काठमाडौं
भारतको उडिसामा सम्पन्न रक्तदाताको सम्मेलनमा नेपालले पनि सहभागिता जनाएको छ। उक्त सम्ेमलनमा नेपालको तर्फबाट ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले सहभागिता जनाएको थियो।

रगत तथा स्वयंसेवी रक्तदाताको बारेमा छलफल गर्न आयोजित उक्त सम्मेलनमा भारतको विभिन्न राज्यहरूका साथै नेपाल तथा बंगलादेशका प्रतिनिधिको सहभागिता रहेको थियो।

सो कार्यक्रममा शतक रक्तदाताहरूलाई सम्मान गरिएको थियो भने नेपाली प्रतिनिधिहरूलाई विशेष सम्मान गरिएको थियो। सो कार्यक्रमका आयोजक एवं अतिथिहरूलाई नेपालका तर्फबाट रुद्राक्ष, चन्दन तथा मायाको चिनो प्रदान गरिएको थियो।

ब्लोदानका केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनको नेतृत्वमा गएको उक्त टोलीमा ब्लोदानका सचिव सूर्यलाल महर्जन, केन्द्रीय सदस्यद्वय विष्णुराज श्रेष्ठ र सुभद्रा खड्का, फ्रेन्डस् अफ आरएच नेगेटिभ ब्लड ग्रुपका अध्यक्ष जीवन बस्नेत, ब्लोदान बालाजु क्षेत्रका संयोजक देवेन्द्र महर्जन तथा नियमित रक्तदाता अम्बिका महर्जन रहनुभएको थियो। सो कार्यक्रममा ब्लोदानका कोषाध्यक्ष मचाकाजी महर्जनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सो कार्यक्रममा विश्व रक्तदान दिवसका उपलक्ष्यमा स्वयंसेवी रक्तदाताहरूलाई प्रदान गरिने डोनर पिन र संघसंस्थाहरूलाई प्रदान गरिएको थियो।