फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने व्यवस्थाप्रती राप्रपाको आपत्ति

0
Shares

काठमाडौं (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीले आपराधिक गतिविधिमा संलग्न साँसदको पद निलम्बन नहुने गरि गर्न लागिएको कानुनी व्यवस्थाप्रति गम्भिर आपत्ति रहेको जनाएको छ ।

राप्रपा प्रवक्ता भुवन पाठकले आइतवार विज्ञप्ती जारी गरि यस्तो व्यवस्थालेसुशासनको मान्यता कमजोर हुने तथा राजनीतिमा आपराधिक प्रवृतिलाई प्रोत्साहित गर्ने बताउनु भएको छ ।

राप्रपा सवै राजनीतिक दल र साँसदहरुलाई फौजदारी अभियोग लागेमा साँसद पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न आग्रह पनि गरेको छ ।