नेपाल समाचारपत्र काठमाडौँ ।
नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो । यसैगरी सरुवामा कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् भने कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी प्रहरी प्रधान कार्यालयको युएन जगेडा शाखामा सरुवा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा रहेका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षको सचिवालयमा सरुवा भएका छन् । पर्साका प्रहरी प्रमुख डा। गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् ।
त्यस्तै, कर्मचारी प्रशासन महाशाखामा चन्द्रकुवेर खापुङ आएका छन् भने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा उमेश राज जोशी आएका छन् । चितवनमा सुशील सिंह राठौर सरुवा भएका छन् भने भक्तपुर हिमालय श्रेष्ठ आएका छन् । काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ ।
सूची हेर्नुहोस् :












प्रतिक्रिया